अमेरिकाको ओहायोमा खतरनाक सामग्री बोकेको रेल दुर्घटना, विस्फोटको खतरा,गाँउ खालि गराइदै
पेन्सिलभेनिया, अमेरिका । अधिकारीहरुले विस्फोटको डरले ओहायोको पिट्सबर्गबाट करिब ५० माईल पश्चिम पूर्वी प्यालेस्टाइन रेल दुर्घटना स्थल वरपरका ग्रामीण बस्ति खाली गर्न सिफारिस गरेका छन्।
इलोनइबाट पेन्सिलभेनिया आउदै गरेको खतरनाक विषाधीयुक्त रसायनिक सामग्री बोकेको मालवाहक रेल गत शुक्रवार ओहायोको पूर्वी प्यालेस्टाइनमा (लिग) पटरीबाट खसेको थियो।
अहिले रेलका डिब्बामा आगोलाग्न शुरु भएको र कुनै पनि समय विस्फोट हुने भन्दै अधिकारीहरुले वरपरका बस्ति खाली गर्न भनेका हुन्।
यसबाट हजारौ बासिन्दा प्रभावित भएका छन्। राष्ट्रिय यातायात सुरक्षा बोर्डका एक सदस्य माइकल ग्रामले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार ट्रेनमा तीन चालक दलका सदस्य थिए। चालक दलको स्वास्थ अवस्थाबारेमा रिपोर्टहरुमा खुलाइएको छैन्।
यात्रिक खरावी भएको थाहा पाएको केही क्षण भित्रै ट्रेनले आफ्नो ट्रयाक छोडेको भनिएको छ। माइकलले दुर्घटनाका बारे थप छानविन भइरहेको बताए ।
अधिकारीका अनुसार दुर्घटनामा परेका एक सय मध्ये २० डिब्बामा खतरनाक विषाधीयुक्त रसायनिक पदार्थ छन्। “ज्वलनशील, दहनशील र वातावरणीय जोखिम” भएका सामग्री रहेको भनिएको छ।
अधिकारीहरुले प्लास्टिक उत्पादनहरु प्रयोग गरिने रसायन भनेका छन्। यसले कलेजो र अन्य क्यान्सरको जोखिम बढाउने भनिएको छ।
आगलागिमा परेका डिब्बा कुनै पनि समय बिस्फोट हुन सक्ने र त्यसबाट मानव स्वास्थमा गम्भिर असर पार्ने चिन्ता जाहेर गरिएको छ। सम्भावित विस्फोटको जोखिममा रहेको र यसको घातक असर एक माइल सम्म पर्ने अनुमान गरिएको छ।
ओहायोका गभर्नर माइक डेवाइनको कार्यालयका अधिकारीहरूले साइटको एक माइल दायरा भित्र जो कोहीलाई तुरुन्तै छोड्न आग्रह गरे। गाँउका स्कूल र सरकारी कार्यलय कम्तिमा सोमवार सम्म बन्द हुने जनाइएको छ।
यसबाट करिब पाँच हजार प्रभावित हुने छन्। अधिकारीका अनुसार अहिले सम्म पानी र हावा सुरक्षित छ, तर मानिसहरूलाई ‘पूर्वी प्यालेस्टाइनबाट टाढा रहन’ आग्रह गरिएको छ
“पिउने पानी अझै राम्रो छ,” स्थानीय मेयर ट्रेन्ट कोनावेले आइतबार भने। “हावा अझै सुरक्षित छ। तर कृपया पूर्वी प्यालेस्टाइन र मलबेबाट टाढा रहनुहोस्। यो एकदमै अस्थिर अवस्था हो र यदि सबै कुरा सोचे अनुसार भएन भने यो खतरनाक स्थितिमा परिणत हुन सक्छ।”
दुर्घटना क्षेत्र ओहायो र पेन्सिलभेनिया सिमा नजिक हो। त्यसको असर पेन्सिलभेनियाका केही क्षेत्रमा फैलिएन सक्छ। पेन्सल्भेनियाका करिब २० वटा घरहरू प्रभावित छन्। पेन्सिल्भेनिया राज्य पुलिस ती बासिन्दाहरूलाई सहयोग गर्न र उनीहरूको व्यवस्थाका लागि घर-घर गएका थिए।
पेन्सिलभेनियाका गभर्नर जोश शापिरोले पनि त्यहाँका बासिन्दाहरूलाई इलाका छाड्न आग्रह गरे। उनले भने कि नजिकैका क्षेत्रका मानिसहरूले मृत्युको जोखिममा थिए, जबकि अलि अलि टाढा मानिसहरूलाई स्थायी फोक्सो क्षतिको जोखिम थियो।