मृत अवस्थामा चार जना फेला
काठमाडौं । सुर्खेत, रसुवा, पाँचथर र धादिङमा चार जना मृत अवस्थामा फेला परेका छन् ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–४ देउतिथान नजिक गैरीगाउँ खोला पुल मुनी सोही नगरपालिका–१ धारापानी बस्ने ४५ वर्षीय नर बहादुर लामिछाने सोमबार मृत अवस्थामा फेला परेका छन् ।
रसुवा, गोसाईकुण्ड गाउँपालिका–५ स्याफ्रुस्थित लाङटाङ खोला छेउमा रहेको तातोपानीको पोखरीमा सोही ठाउँ बस्ने ६० वर्षीय दावा सोनाम घले सोमबार मृत अवस्थामा फेला परेका छन् ।
पाँचथर, फिदिम नगरपालिका–१३ फेजुङ गौरीगाउँ टोल बस्ने ३३ वर्षीय सोम भन्ने मनोज नेम्वाङ सोही ठाउँस्थित नाङलापा–सिदेस्वर जाल्पा भित्री सडक खण्डको नालामा गएराति मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तैगगरी धादिङ, गल्छी गाउँपालिका–६ टटले बस्ने ५५ वर्षीय रामचन्द्र आचार्य आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।