नाइजेरियामा नेपालीहरुद्वारा रक्तदान

लेगोस , नाइजेरिया । गैरआवासीय नेपाली सङ्घ नाइजेरिया , नेपाली रक्तदाता सङ्घ नाइजेरिया , केरला समाजम नाइजेरिया र रोटरी क्लब अब लेगोस पामग्रुभको संयुक्त आयोजनामा आइतवार लेगोसको इलेपेजुको हिन्दू मन्दिरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
एनआरएनए नाइजेरियाका अध्यक्ष बिरेन्द्र गुप्ता , भिम थापा , खुश्बु अर्याल , बिदुर घिमिरे , राजु धिताल , बिशाल रानाभाट , रमेश गुप्ता , सुरज गिरी , शंकर वर्मा , प्रशान्त चन्द लगाएत ५९ जनाले रक्तदान गरेका थिए।
कार्यक्रमको प्राविधिक संयोजन लेगोस राज्य सरकारको रक्त संचार केन्द्रले गरेको थियो ।
रक्तदाताहरुलाई गैरआवासीय नेपाली सङ्घका पुर्व कोषाध्यक्ष हिक्मत थापा लगाएत अतिथिहरुले प्रमाणपत्र बितरण गर्नु भएको थियो ।
सङ्घको सहभागिताको लेगोसमा सम्पन्न यो छैठो रक्तदान कार्यक्रम हो ।

