अमेरिकामा एक नेपाली भाषीले श्रीमती मारे अनि आफैलाई गोली हाने
एरी, पेन्सिलभेनिया । अमेरिकाको पेन्सिलभेनिया राज्यको एरी शहरमा रहेको नेपालीभाषी समाजमा दुखद घट्ना घटेको छ।
स्थानीय पुलिसले एक पुरुषले आफ्नी श्रीमतीलाई गोली हानी हत्या गरी आफुले आत्म हत्या गरेको जनाएको छ।
भुटनीज कम्युनीटी एशोशिएशन अफ एरीको फेसबुक पेजमा उल्लेख भए अनुसार घटनामा परि निधन हुने श्रीमान अबिर दुमी राई उनकी श्रीमती रानी डुमी राई हुन्।
एरी स्थित नेपाली समाजका एक अगुवाहरुका अनुसर श्रीमान श्रीमति बीचमा लामो समय देखि मनमुटाव रहदै आएको थियो।
घरायसी झगडाका कारण श्रीमान् जेल समेत परेका थिए। उनलाई श्रीमती रहेको घरमा प्रवेस निषेध थियो।
तर सोमवार राति दुमी राई श्रीमति रहेको घर भित्र एक्कासी प्रवेस गरेका थिए। उनले घरमा रहेका अन्यलाई छोडेर पहिला श्रीमतिलाई गोली हाने पछि आफैलाई गोली हानेको प्रहरीको भनाई छ।
घटना पछि घरमा रहेका अन्यले प्रहरीलाई खवर गरेका थिए।
राई दम्पति झण्डै १२ वर्ष अगाडि अमेरिका आएका हुन्। नेपालमा उनीहरु पथरी क्याम्पका हुन्।
यसै बीच भुटानीज कम्युनिटी एसोसिएसन अफ एरी (बीसीएई) ले अप्रत्याशित र दुखद घटना भन्दै राई दम्पतिमा हार्दिक समवेदना प्रकट गरेको छ।
बीसीएईले दुबैजनाको अन्तिम संस्कार २६ जनवरी, २०२३ बिहान दश बजे Dusckas- Martin Funeral Home, 4216 Sterrettania Road Erie, PA 16506 मा तय गरिएको जनाएको छ।