अमेरिकाबाट किरण गजमेरको ‘केही सम्झना’

पेन्सिलभेनिया,अमेरिका / भ्वाइस अफ नेपाल सिजन तीनका विजेता किरण गजमेरको स्वर रहेको ‘केही सम्झना’ अमेरिकाबाट सार्वजनिक भएको छ।
कयौं रियालिटि सो विजेताहरु अन्तत पलायन भएका छन्। केही छिटफुट देखिएका छन्। तर भ्वाइस अफ नेपाल थ्रीका विजेता किरणलाई अहिले पनि भ्याइनभ्याइ छ। नेपाल, युरोप र अमेरिकामा प्रायस व्यस्त रहदै आएका किरणले यस पटक अमेरिका बाटै गित बजारमा ल्याएका हुन्।
रेड ओशियन युट्युब च्यानल मार्फत केही सम्झना गत शनिवार सार्वजनिक गरिएको हो। सम्पूर्ण छायंकन अमेरिकामा गरिएको गितको रचना बहुप्रतिभाशाली व्यक्तित्व बिकास घले गुरुङले गरेका हुन्।
तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी तथा प्रक्षिक्षक बिकास सँग नृत्य, कोरियोग्राफर, आदिबासि चलचित्र लेखक, निर्देशन ताथा सम्पादनको अनुभव छ।
पुनर्मिलनको कथा रहेको ‘केही सम्झनामा’ उपन्यास लेखनमा समेत सक्रिय सन्तोष श्रेष्ठको संगित रहेको छ।
विभिन्न कारण जीवनको अनेकौ उतार-चडावमा बिछोड भएको परिवार तथा साथीहरु बीच पुनर्मिलन हुदाँको क्षणलाई गित मार्फत देखाउन खोजिएको छ। ‘एक प्रकारले भन्ने हो भने किरण स्वमय आफ्नै जीवनगाथा पनि हो।’ रचनाकार बिकासले समाज टाइम्स सँग भने। ‘सकारात्मक सोच र माया भइरह्यो भने पुन भेट हुन्छ भन्ने कथा बुनिएको छ।’
यो गितमा बनाइएको म्युजिक भिडियोको छायाङ्कन बिशाल ढुङ्गानाले गरेका हुन्। रामकृष्ण ढकालको “म हराय” र “कालि” गित बाट चर्चामा आयका दिपेश ढकालले यसै गितबाट डेब्यु गरेकि रेजिना सुब्बालाई साथ दिएका छन् । रेजिना मेरो डान्सकप सिजन चारमा शिर्ष दशकी प्रतिस्पर्धी हुन् ।