अमेरिकामा हुने तेस्रो युवा सम्मेलनका लागि रजिस्ट्रेशन खुल्यो
क्यालिफोर्निया, अमेरिका / गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका सचिवालयले युथ सम्मेलनका लागि रजिस्ट्रेशन खुलेको जनाएको छ।
एनआरएनए अमेरिका अन्तर्गत युवा विभागले तेस्रो युथ सम्मेलन आयोजना गर्दै छ। सम्मेलनमा सहभागि हुने चाहानेले यो लिङ्कमा गएर रजिष्ट्रेशन गर्नु पर्ने सचिवालयले जनाएको छ।
फेब्रुअरी २५ तारिक शनिवार अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को शहरको बर्कलीमा रहेको ‘क्यालिफोर्निया विश्व विद्यालय’ मा सम्मेलन हुने जनाइएको छ।
एक दिने सम्मेलनमा नेपाली युवाको सीप, क्षमता अभिवृद्धि, नयाँ परिवेश र सूचना प्रविधिका बारेमा छलफल हुने जनाइएको छ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापा प्रमुख अतिथि रहने सम्मेलनमा अमेरिकामा रहेका युवाको ज्ञानलाई नेपालको हितमा कसरी प्रयोग गर्ने भन्ने विषयमा पनि छलफल हुने छ।
सम्मेलन युवाहरूले आफ्नो समुदाय र बाहिरी समुदायका बीच सकारात्मक प्रभाव पार्ने उपायका बारेमा केन्द्रित हुने लक्ष्य राखिएको छ।
‘उद्यमी तथा उद्यमिता, ऊर्जाशील प्रतिभा पलायन चुनौती, विषयगत विज्ञता र व्यावसायिक क्षमता विकास सामाजिक विकास, व्यावसायिक गाँजाको विकास, आर्थिक र प्रभावकारी वातावरण, विद्यार्थी र विद्यार्थी जोड्ने विषयबस्तुमा विज्ञ, नीति निर्माता, युवा र बिच प्रस्तुत र समूहगत छलफल हुनेछन्।’ सम्मेलनको विषयमा जानकारी दिन आयोजकले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
सम्मेलन नेपाली नीति निर्माता विज्ञ तथा विभिन्न क्षेत्रमा सफलता हासिल गर्ने नेपालीहरू एक थलोमा भेला हुने अवसरको रुपमा हेरिएको छ।
अमेरिकाका विभिन्न विश्व विद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी, जीवनमा सफलताको खुड्किलो चड्दै गरेका नेपाली युवा सम्मेलनको आकर्षण रहने जनाइएको छ।
एनआरएनए अमेरिका युवा विभागले सन् २०२० देखि युवा सम्मेलनको शुरुवात गरेको हो। पहिलो संस्करण टेक्सासमा भएको थियो। दोस्रो सम्मेलन भने भर्चुल मार्फत गरिएको थियो।
क्यालिफोर्नियाको सम्मेलनलाई भब्य र व्यवस्थित बनाउन विभिन्न समितिहरु समेत गठन गरिएको आयोजकको भनाई छ।
एनआरएनए अमेरिकामा उपाध्यक्ष तथा युवा, विद्यार्थी र खेलकुद विभाग प्रमुख समुन थापा र युवा संयोजक त्रिभुवन पाण्डेले सम्मेलनको संयोजन गरिरहेका छन्। एनआरएन अमेरिकाको सचिबालय, वेष्टकोष्ट रिजन, क्यालिफोर्निया च्याप्टर, नेपाली स्टुडन्ट एसोसिएसन यूसी बर्कली, कार्यक्रमलाई सफल बनाउन लागि सक्रिय देखिएका छन्।
सम्मेलनका लागि ११ सदस्यीय संचालन समिति, तीन सदस्य कोष व्यबस्थापन समिति गठन गरिएको छ। यस्तै एक संयोजनक र दुई जना सहसंयोजक रहेका छन्।
संचालन समिति :
बुद्दि सगर सुबेदी (अधक्ष्य )
सुमन थापा ( उपाध्यक्ष)
अन्जन कुमार चौलागाई (महासचिव )
अनुप खनाल (सचिव )
सुनिता कंडेल (महिला सचिव )
राजीव श्रेष्ठ (कोषाधक्ष्य)
त्रिभुवन पाण्डे (युवा संयोजक)
श्रीराम थापा (आरसीसी वेस्ट रिजन )
आग्नी चौलागाई (सचिवालय सदस्य )
संदेश उप्रेती (संयोजक युवा टास्क फोर्स )
एक देव शर्मा (क्यलिफोर्रनिया च्यापटर अधक्ष्य )
कोष व्यबस्थापन समिति
संदेश उप्रेती (संयोजक )
रमेश भट्ट (सह संयोजक )
हरि ओझा (सह संयोजक )
सम्मेलन संयोजक
त्रिभुवन पाण्डे (संयोजक)
रमेश भट्ट (सह संयोजक )
मिलन जुङ्ग कटुवाल (सह संयोजक)
सम्मेलनमा सहभागि हुन रजिष्ट्रेशन गर्नका लागि यहाँ क्लिक गर्नु होला