पोखरामा विमान दुर्घटना : एनआरएनएद्वारा समवेदना
काठमाडौं / गैर आवासीय नेपाली संघ (एनआरएनए) ले पोखरामा भएको विमान दुर्घटना स्तब्ध भएको जनाएको छ।
काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट पोखराका लागि उडेको विमान अवतरण गर्ने क्रममा सेति नदिको खोचमा खसेको थियो।
विमानमा चार जना चालक दलका सदस्य सहित ७२ यात्रु थिए। त्यस मध्ये ६८ जनाको शव फेला परेको नेपाल नागरिक उड्डयान प्राधिकरणले जनाएको छ।
घटना पछि एनआरएनले समावेदना विज्ञप्ति प्रकाशित गर्दै हवाई उड्डयन क्षेत्रको सुरक्षाको माग समेत गरेको छ।
‘काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनाको खवरले गैरआवासीय नेपाली संघ (एनआरएनए) स्तब्ध भएको छ ।’ एनआरएएका अध्यक्ष रविना थापा, कुल आचार्य र डा. बद्री केसीद्वारा प्रेसित विज्ञप्तिमा भनिएको छ।
‘यस दुखद् र त्रासदीपूर्ण दुर्घटनाको तत्कालै प्रभावकारी रुपमा उद्दार कार्य अघि बढाउन र दुर्घटनाको तत्तकाल छानविन गर्नको लागि नेपाल सरकारसँग अनुरोध गर्दछौं ।’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘साथै, आगामि दिनमा हवाई दुर्घटना हुन नदिन अनिवार्यरुपमा प्राविधिक अनुगमन गर्न र हवाई उड्डयन क्षेत्रको सुरक्षाको ग्यारेन्टी गर्न आग्रह गर्दछौं ।’
‘यस घटनाबाट निधन भएका व्यक्तिहरुको परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवगंत आत्मा प्रति चीरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’
कार्यक्रम स्थगित
यसै बीच एनआरएनएले आइतवारका लागि निर्धारित गरेको अन्तरक्रिया कार्यक्रम स्थगित गरेको जनाएको छ।
विमान दुर्धटनाका कारण पढ्दै कमाउदै परियोजनाको अन्तरक्रिया कार्यक्रम स्थगित भएको हो।