बागमतीमा सरकार प्रमुखका लागि हुदै छ यस्तो प्रतिश्पर्धा
काठमाण्डौं । बागमती प्रदेश सरकारको नेतृत्वमा नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाले दाबी गरेका छन् ।
यस प्रदेशमा दोस्रो कार्यकालको पहिलो अधिवेशन सोमबारदेखि सुरु भैसकेको छ । पहिलो बैठकले सभामुख र उपसभामुखको निर्वाचन मिति तय गरेको छ । २८ पुसमा सभामुख र २९ पुसमा उपसभामुखको निर्वाचन २९ पुसमा तोकिएको छ ।
तर सत्तारुढ दलहरुबीच मुख्यमन्त्री, सभामुख लगायतका पदको बाँडफाँट भइसकेको छैन ।
११० प्रदेशसभा सदस्य रहेको बागमती प्रदेशमा सरकार गठनका लागि ५६ को समर्थन चाहिन्छ । एमालेसँग २७, माओवादी केन्द्रसँग २१ र राप्रपा १३ प्रदेशसभा सदस्य छन् र तीन वटै दलले संसदीय दलको नेता चयन गरिसकेका छन् ।
एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, माओवादीका शालिकराम जमकट्टेल र राप्रपाका उद्धव थापा मुख्यमन्त्रीको दौडमा छन् ।
नेपाली कांग्रेस ३७ सिटसहित पहिलो दल हो । तर सत्ता समिकरणमा कारण कांग्रेस प्रतिपक्षमा पुगेको छ ।
एमाले २७ प्रदेशसभा सदस्य भएको दोस्रो ठूलो दल हो । त्यसैले मुख्यमन्त्रीमा आफ्नो दाबी स्वभाविक भएको एमाले संसदीय दलका नेता थपलिया बताउँछन् । उनले अघि भने, ‘सरकार गठनका लागि यहाँबाट गर्नुपर्ने प्रयास गरिरहेका छौं । सहमतिमै बागमती प्रदेशमा एमालेकै नेतृत्वमा सरकार बन्छ ।’
माओवादी केन्द्रका संसदीय दलका नेता जमकट्टेल भने सरकार निर्माणमा आफ्नो पार्टीको महत्वपूर्ण भूमिका हुने भएकाले आफ्नै नेतृत्वमा सरकार गठन बन्ने दाबी गर्छन् ।