बालबालिका र अभिभावकबीचको द्वन्द देखाउने “नाट्यमणी”
काठमाडौं । घरमा हुँदा बालबालिका र अभिभावकबीचको द्वन्द र प्रविधिको विकाससंगै बढ्दै गएको दुरी र सो वातावरणमा हुर्किएका बालबालिकाको शैक्षिक अवस्थामा पर्ने असरबारे २ नाटक बिहीवार नेपाल प्रज्ञा प्रतिष्ठानमा मञ्चन गरिएको छ ।
वृहस्पति विद्या सदनले आयोजना गरेको “नाट्यमणी” वार्षिक नाटक प्रदर्शनीमा करिब १५० विद्दार्थीले “???” शीर्षक भएको नाटक प्रदर्शन गरेका हुन् ।
करिब एक महिनाको तयारी गरेर उनीहरुले आफ्नो नाटक देखाएका छन् ।
“पुस्तकमा भएका नाटक मात्रै पढ्दा विद्दार्थीले रंगमञ्चमा कसरी नाटक प्रस्तुत गरिन्छ भन्ने थाहा पाउन सक्दैनन् त्यस कारणले उनीहरुलाई यसको प्रयोगात्मक पक्षका बारेमा जानकारी दिनको लागि पनि यो आयोजना गर्ने गरिएको छ ।” विद्दालयकी संचार संयोजक डोल्मा लामाले बताइन् ।
करिब २ घण्टा लामो नाटक समारोहमा घरमा अभिभावकहरुले आफ्ना बालबालिकालाई समय दिन नसक्दा उनीहरुको पढाइ र व्यक्तृत्व विकासमा पार्ने असरलाई देखाइएको थियो ।
यस क्रममा शहरीका साथै ग्रामीण परिवेशलाई समेत समेटिएको छ ।
“यो नाटकमा हामीले ग्रामीणका साथै शहरी क्षेत्रमा पनि देखिएको अभिभावक र विद्दार्थीबीचको सम्बन्ध बिग्रदै गएको अवस्था र यसो हुनु पछाडीको मनोसामाजिक कारणलाई नाटक मार्फत देखाउने प्रयास गरिएको छ ।” स्कुलका प्रिन्सिपल कुमार थापाले बताए ।
दुई नाट्य प्रशिक्षकले तयार पारेको पटकथालाई विद्दार्थीको सुझाव र अनुभव सहित संशोधन गरेर करिब एक महिनाको तयारीमा नाटक प्रस्तुत गरिएको थापाले जानकारी दिए ।