हेर्न नभ्याइनेमा परेपछि सन्दिपको मुद्दामा बिहीवार सुनुवाइ हुन सकेन
काठमाडौं । नाबालिग बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश विरुद्द पुनरावेदनको माग गर्दै पाटन उच्च अदालतमा परेको क्रिकेटर सन्दिप लामिछानेको निवेदन हेर्न नभ्याइनेमा परेको छ ।
लामिछानेले हालेको निवेदन उच्च अदालत, पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको थियो तर हेर्न नभ्याइनेमा परेको छ ।
नाबालिका बलात्कारको आरोपमा लामिछानेलाई जिल्ला अदालत, काठमाडौंले १८ कात्तिकमा पूर्पक्षका लागि थुनामा पठाएको थियो ।
लामिछानेविरुद्ध २१ भदैमा १७ वर्षीया किशोरीले जाहेरी दिएकी थिइन् । क्यारेबियन प्रिमियर लिग खेल्न जमैका पुगेका उनी एक महिनापछि २० असोजमा नेपाल फर्किएका थिए । विमानस्थलबाटै पक्राउ परेका उनी सुन्धारास्थित केन्द्रीय कारागारमा छन् ।