बलात्कार प्रकरण : सन्दीप लामिछाने र पीडित युवतीको बयान बाझियो (दुबै बयानको पूर्णपाठ)
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध लागेको नाबालिका बलात्कार आरोपमा सोमवार अदालतमा अभियोग पत्र दर्ता भएको छ।
जिल्ला न्यायाधीवक्ताको कार्यलयबाट प्राप्त प्रमाणको आधारमा सन्दीपमाथि नाबालिग बलात्कार गरेको दावी गर्दै १२ वर्ष कैद र पीडितलाई क्षतिपूर्तिको माग गरिएको छ।
प्रहरीले अदालतमा बुझाएको अभियोग पत्रमा दुबै पक्षको बयान समावेस गरिएको छ। जाहेरी दिने किशोरीले आफूमाथि सन्दीपले राती दुई पटक जबरजस्ती गरेको आरोप लगाएकी छन् ।
सन्दीपको बयानमा उनले युवतिको आरोप अस्वीकार गरेका छन्। युवतीले सन्दीपले झुक्क्याएर नगरकोट लगेको तथा फर्किएर काठमाडौंको एउटा होटलमा राखी राति करणी गरेको दाबी गरेकी हुन् । करणीका क्रममा सन्दीपले आफूलाई पिटेको समेत उनले बयान दिएकी छन् ।
तर सन्दीपले युवतीकै अनुरोधमा आफु नगरकोट गएको र काठमाडौं फर्किए पछि राति होटलमा एउटै कोठामा बसेको भए पनि सँगै नसुतेको दावी गरेका छन्।
दुबै पक्षको बयानको पूर्ण पाठ यहाँ समावेस छ।
यस्तो छ पीडित युवतीको बयान
सन् २०२२ को मार्चदेखि अप्रिलसम्म नेपालमा आयोजना भएको मलेसिया, नेपाल र पपुआ न्यु गिनीबीच भएको ट्राई नेशन सिरिज प्रतियोगिताका दौरान नेपाली राष्ट्रिय टोलीको खेलाडी देव खनालले ७२ रन स्कोर गरेपछि मैले देव खनाललाई खेलकुद समर्थकको हिसाबले चासोका साथ फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएको थिएँ ।
त्यसपछि निज देव खनालले फेसबुकमा फ्रेन्ड रिक्वस्ट एसेप्ट गरेपश्चात् निजले स्न्याप च्याट भन्ने सामाजिक सञ्जाल एपमा फ्रेन्ड रिक्वेस्ट पठाएको र सो पश्चात् मैले एसेप्ट गरेकी थिएँ ।
त्यसपश्चात् निज देव खनाल र निज म बीचमा स्न्याप च्याट एप्स मार्फत छोटो भिडियो सन्देश (स्न्याप) र फोटो आदान प्रदान हुने गरेको थियो । यो सिलसिला करिब तीन महिनासम्म चलिरहेको थियो । सोही क्रममा नेपाली राष्ट्रिय टोली केन्यामा हुन लागेको दुई पक्षीय क्रिकेट शृङ्खलाको तयारी स्वरूप कालीमाटी स्थित हायात प्लेसमा क्लोज क्याम्प चलिरहेको अवस्थामा सन्दीप लामिछानेले मलाई देव खनाल र निज सन्दीप लामिछाने एकै कोठामा बसेका थिए ।
सोही क्रममा देव खनालले आफू र निज सन्दीप लामिछाने सँगै भएको फोटोमा निज सन्दीप लामिछाने रहेको तस्बिर निज सन्दीप लामिछाने समेतको युजर नेम राखी मलाई पठाएका रहेछन् ।
देव खनालले पहिलो पटक सो तस्बिर पठाउँदा मैले निज सन्दीप लामिछानेलाई वास्ता गरेकी थिइनँ । त्यसको करिब दुई दिन पछि देव खनालले आफू र सन्दीप लामिछाने सँगै भएको फोटो पुनः पठाएका रहेछन्। त्यसपछि १६ अगस्ट आसपासमा मैले निज सन्दीप लामिछानेलाई स्न्याप च्याटमा फ्रेन्ड रिक्वेस्ट पठाएको थिएँ ।
निज सन्दीप लामिछानेले मलाई फ्रेन्ड रिक्वेस्ट पठाएको करिब आधा घण्टा भित्र फ्रेन्ड रिक्वेस्ट स्वीकार गरिसकेका रहेछन् । तत्पश्चात् मैले अरू साथीहरूलाई जसरी नै उनलाई पनि छोटो भिडियो पठाइरहेकी थिएँ ।
त्यसपछि म र निज सन्दीप लामिछाने बीचमा सोही स्न्याप च्याट भन्ने एप्स मार्फत हाम्रो पारिवारिक पृष्ठभूमि (बुवा आमा सँगै नरहनु भएको, पढ्नका लागि म आफै संघर्ष गरिरहेको, म आफू होस्टलमा बस्ने गरेको आदी) सामान्य कुराकानी भएको ।
त्यसपछि निज सन्दीप लामिछाने र म बीचमा सामान्य कुराकानी हुँदै जाँदा निजले मलाई भेट्नका लागि प्रस्ताव गरेको र सो लगत्तै मैले आफूले भ्याउँदिन भनेपछि निज सन्दीपले निकै जोडबल गरी आफू अर्को दिन (२०७९ साल भदौ ६ गते) को बेलुका ८ बजे केन्याको लागी फ्लाइट भएको र त्यसपछि केन्याबाट नेपाल नफर्किईकन क्यारेबियन प्रिमियर लिग खेल्नका लागि क्यारेबियन आईल्यान्ड तर्फ जाने र सो को दुई महिनासम्म पनि नेपाल फर्कन नपाउने भएकाले आजै भेटौँ भनी निकै जोडबल गरी रहेका थिए ।
सोही कुराकानीका क्रममा निजले आफ्नो मेन्टल रिफ्रेसमेन्ट पनि हुन्छ, कतै घुम्न जाउँला भनी प्रस्ताव गरेकामा मैले निजलाई हेरौँ के हुन्छ भनेकोमा निज प्रतिवादीले सो भन्दा आई विल क्याच यु लेटर भनेर सो बखतका लागि कुराकानी टुङ्गाएका थिए । त्यसपछि बिहान करिब ११ बजेतिर म कलेज गएकी र कलेजमै रहेको अवस्थामा करिब ३ बजेर ५७ बजे निज प्रतिवादीले ९८१६***५१ बाट मलाई फोन गरेका रहेछन् ।
म क्लासमा पढिरहेकीले सो फोन उठाउन नपाएकी र मैले सोही नम्बरमा कल ब्याक गर्दा अर्कै व्यक्तिले फोन उठाई ‘को बोलेको हो’ भनी सोधेकोले मैले नचिनेको मान्छेको नम्बर रहेछ भन्ने ठानी कुनै जवाफ नदिईकन फोन राखी दिएको थिए । पछि मलाई निज प्रतिवादीले सोही नम्बर ९८१६***५१ बाट ४ बजेर १८ मिनेटमा फोन गरी अहिले आफू बैठकका लागि सात दोबाटो गइरहेको र पछि फोन गर्ने बताएकोमा त्यसपछि म होस्टलमा गएँ ।
६ बजेर २५ मिनेटमा निज प्रतिवादीले ९८२५***०२५ नम्बरबाट मलाई फोन गरेर आफू कालीमाटीबाट निस्कँदै गरेको र मलाई संसद् भवन अगाडी आउँदै गर भनी बोलाएका थिए । त्यसपछि निज प्रतिवादीलाई मैले आफू संसद् भवनतर्फ नआउने, बरु तपाई नै ग्लोबल कलेज अफ म्यानेजमेन्ट तर्फ आउनु भनेकोमा निज प्रतिवादीले आफूलाई ग्लोबल कलेजको लोकेसन थाहा नभएकोले मैले पुरानो बानेश्वर चोक जाने बाटोतर्फ पर्छ भनी ठेगाना बताई दिएकोमा त्यसपछि मैले निज प्रतिवादीलाई ६ बजेर ५३ मिनेटमा फोन गर्दा निजले आफू अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट पुरानो बानेश्वर तर्फ मोडिएको बताएका थिए ।
निज प्रतिवादीले ६ बजेर ५८ मिनेटमा मलाई फोन गरेर आफू लिटिल काठमाडौँ भन्ने रेष्टुरेन्ट अगाडी रहेको र पुनः ७ बजे बजे फोन गरेर बर्गर हाउस जस्तो रेष्टुरेन्ट छ त्यही आऊ भनेकोले उक्त स्थानमा जाँदा निजले रोकी राखेको सेतो रङको अल्फाबेट थाहा नभएको ०२६ च ४४४४ नम्बरको निशान गाडी फेला परेको र उक्त गाडीभित्र निज सन्दीप लामिछाने रहेकोमा निजले मलाई आऊ बस भनेपछि म उक्त गाडीको अगाडीको सिटमा बसे पश्चात् निज प्रतिवादीले नाइस टु मिट यू भनेर साइडबाट अंगालोमा राखी त्यसपछि निज प्रतिवादीले केही पनि नभनीकन गाडी चलाउन थालेको र मैले कहाँ जाने भनेर निजलाई सोध्दा निज प्रतिवादीले लेट्स सी भनेर सिनामंगलतर्फ मोडिएर भित्री बाटो हुँदै तीनकुने हुँदै कोटेश्वरतर्फ लगे ।
त्यसपछि निजलाई मैले हामी कता जान लागेको हो र भनेर सोध्दा मेरो मन्जुरीबिना भित्री बाटो हुँदै भक्तपुर दरबार स्क्वायर नजिकबाट नगरकोट जाने बाटोतर्फ लगी त्यसपछि निजले मलाई नगरकोटको बोजिनी नगरकोट रिसोर्टमा अँध्यारो भइसकेपछि करिब ८ बजेर २० मिनेटमा पुर्याएको र सोपश्चात् निज प्रतिवादीले मलाई डिंक खाने प्रस्ताव गरेको र मैले कहिल्यै ड्रिंक नखाएकीले इन्कार गरेँ ।
निजले पुनः प्रस्ताव गर्दा पनि मैले पुनः इन्कार गरेँ । त्यसपछि निजले बोजिनी नगरकोट रिसोर्टका स्टाफसँग भिआईपी रुम बुक गर्ने सम्बन्धमा पटक पटक कुराकानी गरेका र मलाई के गर्ने फर्कने कि यहीँ बस्ने भनेर सोधेकोमा मैले अर्को दिन बिहान मेरो काम भएको र कलेज जानुपर्ने भएकाले बस्न नमिल्ने बताएकोमा अन्दाजी १० बजेर ४५ मिनेटमा निज प्रतिवादीले बिल तिर्न जाने क्रममा निजको गाडीको विद्युतीय साँचोबाट गाडीको लक खोलिदिएपछि म उक्त गाडीमा गएर बसेँ ।
सो पश्चात् निज प्रतिवादीले मलाई नगरकोटबाट सल्लाघारीको बाटो हुँदै काठमाडौँ फर्कँदा रातको समयमा होस्टलमा प्रवेश गर्ने अनुमति नहुने भएकोले निज प्रतिवादीले पिंगलास्थान अवस्थित होटल काठमाडौं ईनमा कोठा बुक गर्ने कुरा गर्दा मैले दुई वटा कोठा बुक गर्न भनेकोमा निज प्रतिवादीले आफ्नो मोबाइलबाट कल डायल गरेर ‘अनिश भाइ, त्यही रुम बुक गरिदिनु’ भनी सो होटलका अनिश नामका एक सहयोगीलाई फोन गरेको र मलाई होटलमा एउटा मात्र रुम छ भने । त्यसपछि मैले बाटोमा एउटा भिडियो बनाउन खोज्दा निजले मेरो मोबाइल खोसेर होटल पुगेपछि दिउँला भनी फोन नियन्त्रणमा लिए ।
निज प्रतिवादीले होटल नजिक पुग्दा मलाई मास्क छ की छैन भनेर सोधेकोमा मैले आफूसँग मास्क छैन भनेपछि निज प्रतिवादीले मलाई जसरी पनि मास्क लगाउन भनी आफूले लगाएको मास्क खोलेर लगाउन दिई होटलका सहयोगी अनिश भन्ने व्यक्तिसँग रुमको चाबी लिएर जाउ भनी मलाई गाडीबाट ओरालेर आफू गाडी पार्क गर्न गई ।
सो पश्चात् होटलको गेटमा रहेका अनिश भन्ने सहयोगीले मलाई गेटमा चाबी दिई लिफ्ट खोली माथि ४०७ नं। कोठामा जानु भनेकोले म सरासर कोठा नं. ४०७ मा गएर हातमुख धोइरहेको अवस्थामा निज प्रतिवादी कोठाभित्र आई एसी चलाउन खोज्दा नचलेकाले उक्त कोठाबाट अन्दाजी ११ बजेर ५५ मिनेटमा कोठा नं. ३०५ मा सरेकोमा उक्त दिन म निकै थाकेकीले कुर्सीमा नै अर्ध निन्द्रामा परेको र निज प्रतिवादीले मलाई बेडमा गएर आराम गर भनेपश्चात् म बेडमा गई आराम गर्दै गर्दा प्रतिवादीले मलाई लुगा फुकालेरै सुत भनेकोमा म लुगा नफुकालीकन पल्टेको थिए एक छिनमा म निदाएछु ।
त्यसको अन्दाजी २० देखि २५ मिनेट पछि २०७९।०५।०६ गते अन्दाजी १२ बजेर २५ मिनेटतिर म ब्युँझिँदा निज प्रतिवादी मसँग सुत्न आई जबरजस्ती मैले लगाएको पाइन्ट खोली आफ्नो पाइन्ट समेत खोली मैले नमान्दा नमान्दै मेरो इच्छा विपरीत जबरजस्ती करणी गरेर मेरो शरीरमा वीर्य झारी आफू बाथरुम तर्फ गई पुनः बेडमा आई सुतेकोमा त्यसको करिब एक घण्टा पछि निज प्रतिवादीले मेरो शरीरमा छाम्ने, कपाल तान्ने गर्दा मैले प्रतिरोध गर्दा मेरो ढाडमा निकै जोडले हाने त्यसपछि मलाई डर लागी रुँदै गर्दा मलाई चल्न नदिई पुनः दोस्रो पटक जबरजस्ती करणी गरी बिहानीपख निज प्रतिवादीले मलाई आफ्नो ७ बजे बजे हायात प्लेसमा पीसीआर परीक्षण रहेकोले आफू जानुपर्ने भएको भनी मलाई ब्रेकफास्ट खाएर जाऊँ भन्दा मैले नमानेपछि निज प्रतिवादीले मलाई गाडीमा राखी मेरो होस्टल नजिकै लगेर छोडी गाडी लिई फरार भएका हुन ।
सन्दीप लामिछानेको बयानको पूर्णपाठ
‘म धेरै बेर कुर्सीमा बसेको देख्दा निजले मलाई बेडमा आएर बस्नसमेत आग्रह गरेकोमा होइन, म यहीं ठीक छु भन्दै निजको आग्रहलाई अस्वीकार गरी कुर्सीमा बसें र निज बेडमै थिइन् । मैले मेरो मोबाइलमा बिहानको ०६ः०० बजे अलार्म लगाइ कुराकानी गर्दागर्दै म कुर्सीमा निदाएँ । बिहान ०६ः०० बजे अलार्म बजेपछि म निद्राबाट बिउँझिएर हेर्दा निज सुतेकी थिइन्, मैले निजलाई उठाएँ’, सन्दीपको भनाइ छ ।
सन्दीपको पूरा बयान यस्तो छः
मैले विगत ७ वर्षदेखि पेशागत रुपमा क्रिकेट खेल्दै आएको छु । सन् २०१६ देखि निरन्तर रुपमा नेपालको लागि अन्तर्राष्ट्रिय खेल खेल्दै आएको छु । सन् २०२१ डिसेम्बरदेखि नेपाल क्रिकेट संघको आग्रहमा नेपाल क्रिकेट टीमको क्याप्टेनको रुपमा मलाई जिम्मेवारी दिई टीमको नेतृत्व गर्दै आएको छु । त्यस्तैमा निज पीडित भनिएकी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) र हाम्रो क्रिकेट टीमका खेलाडी देव खनालबीच एकापसमा चिनजान रहेछ । देव खनालले मसँग फोटो खिचेका थिए । सो फोटो निजले पीडित भनिएकी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) लाई स्न्याप च्याटमा पठाएका रहेछन । त्यसपछि निज पीडित भनिएकी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) ले मलाई स्न्याप च्याटमा friend request पठाइएकी थिइन् । मलाई मिति र समय याद भएन, पछि देव खनाल र परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) साथी रहेको कुरा पनि थाहा पाएपछि friend request accept गरेको थिएँ ।
निज पीडित भनिएकी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) ले मलाई समय/समयमा स्न्याप च्याटमार्फत केही भिडियो र फोटो पठाउने गरेको र मैले त्यसको बदला सामान्य उत्तर दिने गरेको थिएँ । सोही क्रममा सामान्य कुराकानी हुँदै गर्दा निजले मलाई विभिन्न कुराकानी गरी भेट्ने प्रस्ताव गर्नुको साथै म तपाईंको fan हुँ, तपाईंसँग एकदमै धेरै भेट्ने इच्छा छ भनेकी थिइन् ।
मैले निजलाई जवाफमा अहिले मसँग भेट्ने time छैन, म करिब २ महिनापछि खेल सक्काएर फर्किन्छु त्यतिबेला भेटौंला नि भन्दा निजले मलाई बारम्बार स्न्याप च्याटमार्फत म्यासेज गरी भेट्न कर गरेको र आफू दयनीय स्थितिमा रहेकोले मलाई तपाईंबाट केही help चाहिएको हुँदा तपाईंलाई भेटी केही व्यक्तिगत कुराहरु share गर्न मन छ भनेकोमा मैले के भयो how can I help you ? भनी म्यासेज गर्दा होइन म भेटेरमात्रै यो कुराहरु भन्न सक्छु भनेको हुँदा मैले निजलाई ठीकै छ, मलाई अहिले त फुर्सद छैन, फुर्सद मिल्यो भने भेटौला नि भनेको थिएँ ।
मिति २०७९/०५/०५ गते साँझ करिब १६ः००/१६ः१५ बजेको समयमा निज पीडित भनिएकी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) लाई मैले फोन गरेको थिएँ । कुराकानीकै बीचमा निजले फेरि पटक-पटक भेट्ने प्रस्ताव गरेकी थिइन् । मेरो केही मिटिङ पनि थियो र म व्यस्त पनि भएकोले मैले निजलाई म आज अलि व्यस्त छु, मेरो केही मिटिङहरु पनि छन् । आज तिमीलाई भेट्न सम्भव छैन भन्दा निजले ठीक छ, तपाईं काम भ्याएर आउनु, म होस्टेलमै पर्खी बस्छु भनेकी थिइन् ।
मेरो साँझ मिटिङ सकियो र मैले बेलुका करिब १९ः०० बजेतिर होस्टेल पुग्नुअघि होस्टेलको लोकेशन माग्नको लागि निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) लाई फोन गरी तिमी कहाँ हो ? म तिम्रो होस्टेलको बाटो हुँदै आउँदैछु भनेको थिएँ । निजले तपाईं होस्टेलतिर नआउनुस् होस्टेल नजिकै little Kathmandu restaurant छ । तपाईं त्यही कुरेर बस्नुस्, म त्यही आउँछु भनेकोले म little Kathmandu restaurant नजिकै सडकमा मेरो ०२६ च ४४४४ नम्बरको गाडीमा कुरी बसेको थिएँ ।
त्यसकाे करिब २/३ मिनेटपछि निज पीडित भनिएकी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) त्यहाँ आइन् र सीधै मेरो गाडीको अगाडिको सीटमा बसिन् । गाडीभित्र बसेपछि मैले निजलाई Hello/Hi गरी निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) ले आफूलाई बोलाएकोले whatÚs your plan ? भनी सोधेकोमा निजले मलाई let’s go to nagarkot भनेकोमा मैले नगरकोट जान त सम्भव छैन, बरु दरबारमार्गतिर जाउँ अनि कफि खाउँ भन्दा हैन, मैले आज बिहानदेखि नै नगरकोट जाने mood बनाएको छु, letÚs go to nagarkot भनेकोमा मैले फेरि पनि आज सम्भव छैन, भोलि म game खेल्न केन्या जानुपर्नेछ र त्यसका लागि तयारी पनि गर्नुपर्नेछ भन्दा निजले मलाई होइन, मैले होस्टेलबाट साथीहरुलाई पनि नगरकोट जाँदैछु भनी बताएर आएको छु, एकछिन भए पनि नगरकोट गएर आउनुपर्छ भनी कर गरेको–गर्यै गरेपछि मैले खाजा खाएर फिर्ता आउने सर्तमा निजको चित्त नदुखोस् भनी निजको कुरामा सहमत भई हामी दुबैजना नगरकोट गएका थियौं ।
निज पीडित भनिएकी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) को नगरकोट जाने पूर्व तयारीको बारेमा मलाई केही जानकारी थिएन । त्यही पनि मैले निजको चित्त नदुखोस् भनी गएको थिएँ । नगरकोट जाने क्रममा बाटोमा सामान्य कुराकानी हुँदा मैले निज पीडित भनीएकी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) को बारेमा सोध्दा निजले मलाई आफू होस्टेलमा बसी १२ कक्षामा अध्ययन गर्दै गरेको र आफू १९ वर्षमा चलिरहेको कुरा बताएकी थिइन् । बाटोमा जाँदै गर्दा भक्तपुरको दरबार स्क्वायर पुग्दा निजलाई मैले नगरकोट पुग्दा ढिलो हुन्छ, फेरि तिम्रो होस्टेल पनि बन्द हुन्छ, फेरि पनि यतैकतै खाजा खाउँ र फर्किउँ भन्दा निजले होइन, मेरो होस्टेल बन्द हुँदैन, जति बेला पनि खुला हुन्छ र मलाई नगरकोटबाट साँझको Viewअवलोकन गर्न पनि इच्छा रहेको भनेको हुनाले हामी नगरकोट गएका थियौं ।
नगरकोट जाने क्रममा मैले देव खनाल र निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) को मित्रताको बारेमा समेत राम्रोसँग सोध्दा निजले देव खनालको खेलबाट प्रभावित भएर सन् २०२२ मार्चमा सोसल मिडियामार्फत देव खनालसँग चिनजान भएको कुरा बताएकी थिइन् । नगरकोट जाने क्रममा हामीबीच धेरैजसो कुरा क्रिकेट र मेरो संगीतको बारेमा भएको थियो । हामीले नगरकोटमा बस्ने योजना बनाएका थिएनौं। म प्रायः सो आफ्नो family र साथीहरुसँग कहिलेकाहीं नगरकोट घुमघाम गर्न जाने गरेको हुँदा नगरकोटस्थितमा रहेको बोजिनी रिसोर्टमा पूर्व चिनजान रहेको भएतापनि हामी दुईजनाबीच खाजा खाएर फिर्ता हुने कुरा भएकोले मैले रिसोर्टमा पनि जानकारी गराएको थिएन ।
करिब २०ः३० बजेतिर हामी बोजिनी रिसोर्टमा संगीत सुन्दै हाँसीखुशीका साथ नगरकोट गएका थियौं । उक्त रिसोर्ट पुगिसकेपछि हामी दुबै जना रिसोर्टको बाहिर बसी सामान्य कुराकानी गरी केही समयमा खाजा अर्डर गरेका थियौं । हामी दुबै जनालाई संगीत मन पर्ने र निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) लाई गीत गाउन धेरै नै मनपर्ने र मलाई गीत सुन्ने इच्छा जागेकोले मैले आफ्नो गाडीमा राखेको गितार लिई आई हामी दुबैजना भई रिसोर्टको बाहिर बसी केही गीत गाउँदै रमाइलो गरेका थियौं । केही समयपछि खाजा आयो र हामीले खाजा खायौं । खाजा खाएपछि म रेलिङमा आड लगाई काठमाडौंको view हेरी रहेको थिएँ ।
त्यसैबीचमा निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) मेरो पछाडि आई मेरो काँधमा आफ्नो टाउको अड्याई उभिएकी थिइन् । त्यसरी उभिँदा मलाई असहज भएपछि मैले अब हामी जाने होइन, ढिला भैसक्यो, रात पर्यो, तिम्रो होस्टेल पनि बन्द हुन्छ भन्दा निजले ढिला भएको छैन होस्टेल जति बेलासम्म पनि खुलेको हुन्छ र ढिला भए पनि केही छैन, यतै बसौँला भन्ने कुरा गरेपछि मैले हुँदैन, तिम्रा साथीलाई तिमीले मसँग आएको छु भनी बताएकी छौ, फेरि हामी फर्किने गरी आएको, भोलि मेरो आफ्नो कामको तयारी गर्नुपर्नेछ, तिमी बुझ न भन्दा निजले सायद सन्दीप मसँग बस्दैन भनेर होला रिसले मुरमुरिएर मलाई गाडीको ढोका खोली दिनुस् भनेपछि मैले टाढैबाट गाडीको लक खोली दिएको थिएँ ।
त्यसपछि निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) गाडीमा गई बसिन् भने म बिल तिर्न काउण्टरमा गए । बिल तिरिसकेपछि हामी दुबै जना करीब २३ः०५ बजेको समयमा नगरकोटको बोजिनी रिसोर्टबाट हिँडेका थियौं । हामी बोजिनी रिसोर्टबाट फर्किने क्रममा निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) केही रिसाएकी थिइन् । मैले निजको मुड ठीक गर्नका लागि गाडीमा मीठो मीठो गीत लगाएँ । त्यसकाे केही छिनपछि कुराहरु सामान्य हुन थाल्यो । करिब २३ः१५ बजेतिर हुनुपर्छ, मलाई निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) को ठ्याक्कै होस्टेल कहाँ पर्छ भन्ने थाहा थिएन, त्यसैले काठमाडौंको जडिबुटी कटेपछि मैले निजलाई होस्टेलको डिटेल सोधी पुर्याइदिन्छु भन्दा कहाँ हुन्छ, यति राति भइसक्यो, होस्टेल बन्द भइसक्यो, होस्टेल खुल्दैन भन्न थालिन् ।
निजको त्यो कुरा सुनेर म एकछिन छक्क परें, अघि तिमीले आफ्नो होस्टेल जतिबेला पनि खुल्छ भनेकी होइनौ, अहिले होस्टेल बन्द भयो भन्छौ भनेकोमा सोही क्रममा निजलाई एउटा फोन आएको थियो । तर, निजले फोन उठाइनन् र म्यासेजमार्फत आफ्नो साथीलाई HE DROPPED ME AT MY FRIEND’S PLACE AND I AM SAFE. I WILL COME TOMMOROW MORNING भनी म्यासेज लेखी पठाएपछि मैले किन यसरी झूट बोलेको, भोलि कसैले थाहा पाएँ भने तिमीलाई नराम्रो सोच्छन् भन्दा DONÚT WORRY, फेरि पनि होस्टेल बाहिरबाट कोही कसैले फोन गर्यो भने म होस्टेलमा छु भन्छु र होस्टेलभित्रबाट फोन आयो भने म साथीकोमा छु भन्छु, चिन्ता लिनु पर्दैन भन्ने कुरा गरिन् ।
निजले होस्टेल जति बेला पनि खुल्छ भनेकी थिइन् । तर, उक्त कुरा झूटाे बोलेकी रहेछिन् भन्ने कुरा मलाई आभास भयो । त्यसपछि निजले कुरा गर्दै थिइन् कुरैकुरामा निजले मलाई तपाईंसँग कुरा गर्नै पुगेको छैन, म आज तपाईंसँग जान्छु, तपाईंसँगै धेरै कुरा गर्नु छ र मेरा केही व्यक्तिगत कुराहरु पनि गर्न बाँकी छ भनेकोमा मैले निजलाई उसो भए म अहिले हायात होटलमा बस्दै आएको छु, हायात होटलमा जाउँ, म तिमीलाई एउटा कोठाको प्रबन्ध गरी दिन्छु, त्यही गएर तिम्रा कुराहरु सुन्छु भनी प्रस्ताव राखेको थिएँ र निज आत्तिंदै त्यहाँ सबै खेलाडीहरु हुन्छन, त्यसमाथि देव पनि त्यही हुन्छ भन्दै आनाकानी गर्न थालिन् ।
निज आनाकानी गरेको देखी, ठीकै छ नि त, म भोलि क्रिकेटका लागिबाहिर जानु छ, अरु सबै खेलाडीहरु हायातमा बसेका छन, मलाई जसरी भए पनि पुग्नुपर्छ । म तिमीलाई मैले चिनेको र मलगायत अन्य खेलाडीहरु कहिलेकाहीं क्याम्पका लागि जाने Hotel Kathmandu Inn मा फोन गरी एउटा कोठा बुक गरीदिन्छु, म पनि एकछिन तिम्रो कुरा सुनेर जाउँला, बरु तिमीलाई होस्टेल सम्म पुर्याई दिनका लागि बिहानै उठेर आउँला भनेकोमा निजले हुन्छ भन्ने कुरा गरिन् र मैले तत्काल Hotel Kathmandu Inn मा फोन गरी एउटा कोठा बुक गरी दिएको थिएँ । Hotel Kathmandu Inn मा पुगेपछि मैले निजलाई तिमी जाँदै गर, म गाडी पार्किङ गरेर आउँछु भनेपछि निज गाडीबाट आफ्नो मोबाइल र मास्क लिई गइन् भने म गाडी पार्किङ गर्न गएको थिएँ ।
मैले गाडी पार्किङ गरी होटलभित्र छिरी कोठाको बारेमा सोध्दा निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) ले कोठा चाबी लिई पहिले नै कोठा नम्बर ४०७ को कोठामा गएकी रहेछिन्, त्यसपछि म त्यही कोठामा गएँ, कोठामा पुगी ए.सी. नचेलेको देखी मैले होटलको स्टाफलाई इन्फर्म गरें । त्यसपछि कोठाको ए.सी. बिग्रेको हुनाले निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) ले रुम चेन्ज गर्न आग्रह गरिन् र मैले निजले भनेअनुसार होटलको रिसेप्सनमा पुगेर अर्को कोठाको चाबी लिएर करिब २३ः५५ बजेतिर ३०५ नम्बरको कोठामा गएको थिएँ । कोठामा पुगिसकेपछि म कुराकानी गर्नका लागि कुर्सीमा बसे भने म पछि निज आएर कोठाको ढोका लगाई भित्रबाट लक गरेकी थिइन् । मैले किन ढोका लक गरेको भन्दा केही हुँदैन, it’s ok भन्दै जवाफ फर्काइन् ।
मैले यो कुरालाई सामान्य रुपमा लिएर कुर्सीमा बसिरहें भने निज बेडमा बसिन् र कुराकानीकै बीचमा म फ्रेस हुनका लागि बाथरुम गई पुनः कुर्सीमा आई बसें । त्यसपश्चात खेल जीवनका बारेमा निजसँग कुराकानी भएको थियो । सोही क्रममा मेरो व्यक्तिगत जीवनको बारेमा कुरा गर्दा मैले मेरो girl friend रहेको र छिट्टै मेरो १/२ वर्षमा विवाह गर्ने योजना बनाएको कुरासमेत गरेको थिएँ । त्यसपछि मैले तिम्रोबारेमा भन न त भन्दा मेरो घर नुवाकोट हो तर म वीरगञ्जमा जन्मेकी हुँ । अहिले म काठमाडौंमा होस्टेलमा बसेर अध्ययन गर्दै आएको छु । मेरो बुवा र आमाको सम्बन्धमा बिच्छेद (divorce) भएको छ । मेरो बावु आमाको सम्बन्ध बिच्छेदका कारण मैले राम्रोसँग पठनपाठन गर्न पाएको छैन । मैले कहिले काठमाडौं त कहिले पोखरा गर्दै बीचबीचमा विद्यालय परिवर्तन गर्दै अहिले पुन; काठमाण्डौमा १२ कक्षामा अध्ययन गरेको कुरा मलाई बताइन् । निजले आफ्नो बावु आमाका कारण धेरै दुःख पाएकी र घरको आर्थिक स्थितिसमेत राम्रो नरहेको कुरा बताइन् ।
कुराकानीको क्रममा निज उदास देखिएकोले मैले don’t worry सब ठीक हुन्छ, दुःखी नहोउ भन्ने कुरा गरें । निजको आर्थिक अवस्था ठीक नरहेकोले निजले मलाई sponsership का लागि समेत कुरा गरेको र sponsership ले आर्थिक रुपमा सहयोग हुन्छ भनेकोले मैले ठीकै छ, म पनि हेरौंला के गर्न सकिन्छ भनेको थिएँ । निजले कुरा गर्दागर्दै निज फेरि उदास भएको देखेपछि मैले केही गीत सुनाएँ र त्यसपछि निजको अनुहारमा खुशी देखी मलाई पनि खुशी लाग्यो । कुराकानी गर्दागर्दै करिब ०३ः४५/०४ः०० बज्यो । कुराकानीकै क्रममा निज आफैंले म अहिले १९ वर्षको भएँ र मैले पहिले जन्मदर्ता बनाएको थिएँ, मलाई भविष्यमा धेरै कुराहरुमा सजिलो हुन्छ भनेर आमा बुवाको सहयोगमा उमेर घटाई अर्को जन्मदर्ता बनाएको छु भन्ने कुरासमेत गरेकी थिइन् ।
यो कुरा सुन्दा निजमाथि शंका लागी तत्कालै होटल जाने सोच बनाएँ । त्यसपछि मैले निजलाई म अहिले होटल जान्छु, म तिमीलाई भोलि बिहान होस्टेलसम्म पुर्याइदिन आउँछु भन्दा निजले तपाईं अहिले जाँदा आउँदा १ घण्टा जति लाग्छ, त्यति बेलासम्म त म पनि जाने बेला हुन्छ, त्यो भन्दा बरु तपाईं यही बस्नुस्, हामी यही कुराकानी गरौँला भनी आग्रह गरिन् । त्यसपछि मलाई निजले भनेको कुरा पनि ठीक लाग्यो, जाँदा आउँदा अझ ढिलो हुन्छ, त्यो भन्दा बरु अर्को कोठा लिन्छु, म त्यही सुत्छु र बिहानै तिमीलाई बिहानै होस्टेल पुर्याइदिन्छु भन्दा समेत निजले मलाई अर्को कोठा लिन दिइनन् र निजले मलाई कोठामा मलाई एक्लै बस्न डर लाग्छ, तपाईं बरु यही बस्नुस् , हामी यही बसी अझै केही गफ गरौँला भनी कर गर्न थालिन् । म धेरै बेर कुर्सीमा बसेको देख्दा निजले मलाई बेडमा आएर बस्नसमेत आग्रह गरेकोमा हैन म यही ठीक छु भन्दै निजको आग्रहलाई अस्वीकार गरी कुर्चीमा बसे र निज बेडमै थिइन् ।
मैले मेरो मोबाइलमा बिहानको ०६ः०० बजे alarm लगाई कुराकानी गर्दागर्दै म कुर्सीमा निदाएँ । बिहान ०६ः०० बजे alarm बजेपछि म निद्राबाट बिउँझिएर हेर्दा निज सुतेकी थिइन्, मैले निजलाई उठाएँ । म फेरि बाथरुममा फ्रेस भई आई निजलाई तिमी breakfast मा केही लिन्छौ भनी सोधेकोमा निजले मलाई तपाईंलाई जान ढिलो हुन्छ, बरु म होस्टेलमा गएर खान्छु भन्ने कुरा गरेपछि करिब ०६ः४५ बजेतिर हामी होटलबाट निस्केका थियौं । कोठाबाट सँगै निस्किने क्रममा म भर्याङबाट छिट्टै तल गई पार्किङमा राखेको गाडी लिन गए भने निज पनि खुशी हुँदै होटलबाट बाहिर निस्की गाडीमा आई बसिन् र हामी दुबैजना निजको होस्टेलतिर गई मैले निजलाई होस्टेल नजिक छाडिदिएको थिएँ । त्यसपछि म पनि आफ्नो होटलतिर लागे र सोही साँझ मलगायत मेरो क्रिकेट टीम भई केन्यातर्फ लागेका थियौं ।
केन्या गएको दिनसम्म हाम्रो स्न्याप च्याटमा कुराकानी भएको थियो । मैले निजलाई म अब आफ्नो काममा busy हुन्छु, game मा focus गर्नुपर्छ भनेको थिएँ। त्यसपछि निजसँग मेरो कुराकानी भएको थिएन । मिति २०७९/०५/२२ गते मैले सोसियल मिडियामार्फत एक्कासि निज पीडित भनिएकी निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) को दाइ परिवर्तित नाम गौशाला २६ (छ) (०७९/०८०) ले मउपर जबरजस्ती करणी मुद्दामा जाहेरी दरखास्त दिएको कुरा मैले थाहा पाएको हुँ । निजले आफ्नो १९ वर्ष पुगिसकेको र आफ्नो birth certificate समेत भएको बताएको हुनाले मैले साथीको नाताले निजसँग सतर्कता अपनाउनुको साथै निज उदास भएको देखी मैले गीतको माध्यमबाट सहज महसुस गराउने प्रयाससमेत गरेको थिएँ । होटलको कोठामा बस्दा आ–आफ्नो स्थानमा छुट्टाछुट्टै बसी घरायसी व्यक्तिगत तथा पेशागत कुराकानीमात्र गरी बसेका हौं ।