हिमालयन तेक्वान्दो ह्यारिसबर्गमा तेस्रो ब्याचको ग्रेडिङ,पाँच जनालाई ब्याल्क बेल्ट
पेन्सिलभेनिया,अमेरिका / हिमालयन तेक्वान्दो ह्यारिसबर्गमा तेस्रो ब्याचको बेल्ट ग्रेडिङ सम्पन्न भएको छ।
ह्यारिसबर्ग स्थित हिमालयन तेक्वान्दोको आफ्नै स्कूलमा अक्टोबर १६ तारिक आइतवार बेल्ट ग्रेडिङ भएको हो। जसमा टेष्ट उत्तीर्ण हुदै पाँच जनाले ब्याल्क बेल्ट पाएका छन्।
तेस्रो ब्याचका सुलभ काफ्ले, सायल आले, आर्यन कोइराला, प्रवेस तिम्सिना र उत्सव अधिकारीले ब्याल्क बेल्ट पाएका हुन्। उनीहरु सबै १५ वर्ष मुनिका हुन्।
हिमालयन तेक्वान्दोका संचालक तथा मुख्य प्रशिक्षक नकुल शर्माका अनुसार उनीहरुले शुरु बाटै यही स्कूलमा तेक्वान्दो सिकेका हुन्।
शर्माका अनुसार सौगात चिमोरिया र सन्जना कडरियाले ब्याल्क वेल्ट पहिलो डान प्रिलिमेनरी चरणको टेष्ट पास गरेका छन्। यस्तै ११ जनाले सेकेण्ड प्रिलिमेनरी टेष्ट पास गरेका छन्।
ब्याल्क बेल्ट प्राप्त पाँच जनालाई कुकिवानबाट प्राप्त प्रमाण पत्र प्रदान गरिएको छ। छैटौ डान सिनियर मास्टर कुमार कार्कीको नेतृत्वको टोलीले खेलाडीहरुको परिक्षा लिएको थियो।
मास्टर मेल्भिन मोटे लगायतको टोलीले खेलाडीको फिजिकल र नलेज टेष्ट गरेको थियो।
हिमालयन तेक्वान्दो सन् २०१८ अगष्टमा स्थापना भएको हो। मुख्य प्रशिक्षक शर्मा अनुसार पहिलो व्याचमा १३ जनाले ब्याल्क बेल्ट लिएका थिए। यस्तै दोस्रो ब्याचमा चार जनाले ब्याल्क बेल्ट लिएका थिए।
तेस्रो ब्याचलाई आफु सँगै मास्टर मोसा र डेक दर्जीले प्रशिक्षण दिएको शर्माको भनाई छ।