यूएसए तेक्वान्दो ग्रान्ड स्लाम : एभरेष्ट मिचिगनलाई चार स्वर्ण

नर्थक्यारोलिना,अमेरिका/ एभरेष्ट तेक्वान्दो मिचिगनका चार खेलाडीले यूएसए तेक्वान्दो ग्रान्ड स्लाममा चार स्वर्ण जितेका छन्।
एभरेष्ट तेक्वान्दो मिचिगन नेपाली प्रशिक्षक लव गोर्खालीद्वारा संचालित स्कूल हो।
ग्रान्ड स्लाम अमेरिकी तेक्वान्दोको आधिकारिक निकाय यूएसए तेक्वान्दोद्वारा आयोजित उच्च वरियताको प्रतियोगिता हो ।
थर्थ क्योरोलिनामा शनिबार भएको स्पर्धामा एभरेष्ट तेक्वान्दो मिचिगनका भिक्टोरिया चेरनोलुत्स्की, मोर्गन ब्ल्याक, लेस्ली डेनियल र हेलो कनेजोले स्वर्ण जितेका हुन्।
कनेजो पान ‘पान अमेरिकन‘ गेम २०२३ का लागि छनौट भएकी खेलाडी हुन्।
अगष्त १८ देखि २१ तारिक सम्म फ्लोरिडामा भएको ‘प्रेसिडेण्ट कप’मा गरेको प्रदर्शनको आधारमा कनेजो र ओलिभिया ह्युमेनचिकले पान अमेरिकाका लागि वाइल कार्ड पाएका हुन्।
प्रेसिडेण्ट कपमा हेलोले स्वर्ण पदक जितेकी थिइन। यस्तै ओलिभियाले रजत जितेर पनि वाइल कार्ड पाइन। किनकी फाइनलमा उनी क्यानडाकी खेलाडी सँग पराजित भएकी थिइन्। फाइनलमा दुई फरक देशका खेलाडी भिडेका कारण दुबैले पान अमेरिकी गेमको वाइल कार्ड पाएका हुन्।
ग्रान्स लास्ममा भिक्टोरियाले ४७ केजी मुनी तौल समुहमा प्रतिस्पर्धा गरेकी थिइन्। यस्तै मोर्गनले ५९ मुनि तथा लेस्लीले ५९ केजी माथिको तौल समुहमा प्रतिस्पर्धा गरेकी थिइन। यस्तै हेलोले ३७ केजी मुनि तौलमा प्रतिस्पर्धा गरेकी थिइन्।