नवौं राष्ट्रिय खेलकुद : म्याराथनमा गण्डकीका अनिश र एपिएफका बृन्द्रालाई स्वर्ण
पोखरा /नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत मंगलवार भएको म्याराथन दौडमा गण्डकी प्रदेशका खेलाडी अनिश थापामगरले स्वर्ण पदक जितेका छन् ।
अनिशले म्याराथन ४२.१९५ किलोमिटर २ घन्टा २२ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन् । म्याराथन प्रतियोगितामा १८ जना सहभागी थिए ।
त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतले रजत पदक जिते । उनले २ घन्टा २३ मिनेट १४ सेकेन्डमा दुरी पूरा गरे । सशस्त्र प्रहरी बल एपीएफका सन्तोषविक्रम विष्टले २ घन्टा ३० मिनेट ५४ सेकेन्डमा दुरी पूरा गर्दै कास्य पदक जिते ।
राष्ट्रिय खेलकुदको इतिहासमा म्याराथनमा गण्डकीले स्वर्ण पदक जितेको पहिलो रेकर्ड हो ।
महिला तर्फं एपिएफकी बृन्द्राधन श्रेष्ठले स्वर्ण हात पारिन् । उनले उक्त दुरी २ घन्टा ५७ मिनट २३ सेकेन्डमा पुरा गर्दै स्वर्णमा आफ्नो नाम अंकित गरिन् । दोश्रो स्थानमा रहेकी आर्मीकी बिश्व बुढा मगरले ३ घन्टा ०० मिनट ३५ सेकेन्ड र पुलिसकी रेखा बिष्टले ३ घन्टा १ मिनट ३५ सेकेन्डमा दुरी पुरा गर्दै कास्य पदक जितिन् ।
कुस्तीमा एपिएफलाई चार स्वर्ण
कुस्ती प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लवले ४ वटा स्वर्ण पदक जितेको छ । कुस्तीमा महिला र पुरुष दुबैतर्फ १०–१० स्वर्ण पदकका लागि प्रतिष्पर्धा भएको थियो ।
पुरुषतर्फको खेलमा एपीएफले चार वटा स्वर्ण पदक जित्दा मधेश प्रदेशले ३ स्वर्ण, विभागिय टिम नेपाली सेना, नेपाल प्रहरी र लुम्बिनी प्रदेशले १–१ स्वर्ण पदक जितेका छन् ।
विभागिय टिम एपीएफका लागी ५७ केजी तौल समूहमा कुन्दन शाह, ६५ केजी तौल समूहमा सुजित यादव, ७० केजी तौल समूहमा उमेशकुमार ठाकुर र ६९ केजी तौल समूहमा बलिराम यादवले स्वर्ण पदक जिते ।
कुस्तीमा मधेश प्रदेशका लागी ६१ केजी तौल समूहमा अमेरशकुमार यादव, ८६ केजी तौल समूहमा लालबहादुर यादव र १२५ केजी तौल समूहमा राज यादवले स्वर्ण हात जित्दा विभागिय टिम नेपाली सेनाका लागी ७४ केजी तौल समूहमा सुरेश चुनार र ९७ केजी तौल समूहमा नेपाल प्रहरीका सुमिर शाहले स्वर्ण पदक हात पारे । त्यस्तै, लुम्बिनी प्रदेशका लागी ९२ केजी तौल समूहमा रमेश गोतामेले स्वर्ण पदक हात पारे ।
कुस्तीको महिलातर्फका स्वर्ण पदक विभागिय टोली नेपाली सेना र सुदुर पश्चिम प्रदेशले मात्र जितेका छन् । नेपाली नेपाल आर्मी र सुदुर पश्चिम प्रदेशले समान पाँच–पाँच वटा स्वर्ण पदक जितेका हुन ।
विभागिय टिम नेपाली सेनाका लागी ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ, ६२ केजी तौल समूहमा सुशिला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल समूहमा मिरा आउजी र ७६ केजी तौल समूहमा रचना श्रेष्ठले स्वर्ण पदक जिते ।
त्यस्तै, सुदुरपश्चिम प्रदेशका लागी ५० केजी तौल समूहमा दमयन्ती बोहोरा, ५३ केजी तौल समूहमा मनिसा सिंह, ५५ केजी तौल समूहमा संगिता धामी, ५९ केजी तौल समूहमा कोमल खत्री र ७२ केजी तौल समूहमा हेमा भट्टले श्रेष्ठले स्वर्ण पदक जिते ।
कुस्ती खेल कावासोती–१६ मा रहेको थारु राष्ट्रिय संग्रहालयको हलमा सञ्चालन भएको थियो । ७ प्रदेश र तीन विभागिय टिम सशस्त्र, आर्मी, पुलिस गरि कुस्तीमा १० वटा टिमको सहभागिता रहेको थियो ।
साइक्लिङ आर्मी र एपिएफलाई स्वर्ण
साइक्लिङको इन्डिभिज्युल टाइम ट्रयाल विधामा महिलातर्फ नेपाल आर्मीले र पुरुषतर्फ एपिएफले एक–एक स्वर्ण पदक प्राप्त गर्न सफल भएको छ । पोखराको याम्दी–हेम्जा सडकखण्डमा भएको महिला इन्डिभिज्युल टाइम ट्रयाल विधातर्फको फाइनल खेलमा २० किलोमिटरको दुरी ३८ मिनेट ३१ सेकेण्ड ४१० मिलिसेकेण्डमा पुरा गर्दै नेपाल आर्मीकी उषा खनालले स्वर्ण पदक जित्न सफल भएकी छिन् ।
त्यस्तै उक्त दुरी ४२ मिनेट २० सेकेण्ड ८८६ मिलिसेकेण्डमा पुरा गर्दै एपिएफकी हुमी बुढामगरले रजत पदक जितेकी छिन् । त्यसैगरि ४२ मिनेट ५५ सेकेण्ड ९६२ मिलिसेकेण्डमा दुरी पुरा गर्दै नेपाल आर्मीकै मञ्जु कुमारी खड्काले कास्य जित्न सफल भइन् ।
आजै भएको पुरुषतर्फको इन्डिभिज्युल टाइम ट्रयाल साइक्लिङमा एपिएफले स्वर्ण र कास्य, नेपाल आर्मीले रजत पदक जित्न सफल भएको छ । २० किलोमिटरको दुरी ३४ मिनेट ०४ सेकेण्ड ३०९ मिलिसेकेण्डमा पुरा गर्दै एपिएफका सुरज रानामगरले स्वर्ण पदक जित्न सफल भएका छन् ।
त्यस्तै नेपाल आर्मीका हिमाल टमाटाले उक्त दुरी ३६ मिनेट ४५ सेकेण्ड ४१९ मिलिसेकेण्डमा पुरा गर्दै रजत पदक जिते । त्यसैगरि ३६ मिनेट ५० सेकेण्ड ४४६ मिलिसेकेण्डमा दुरी पुरा गर्दै एपिएफकै लक्ष्मण मल्लले कास्य पदक जितेका छन् ।
सात प्रदेश र तीन विभागिय गरि दश टिमको सहभागिता रहेको साइक्लिङमा डाउन हिल, क्रस कन्ट्री र इन्डिभिज्युल टाइम ट्रयाल विधा सकिएको छ । अव भोली (बुधबार) रोड रेस मास स्टार्ट विधा पोखराको हेमजामा हुनेछ । साइक्लिङमा विभिन्न ४ विधामा पुरुष र महिला गरि ८÷८ स्वर्ण, रजत र कास्यका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।
पुरुष हक्की सेमीफाइनल समिकरण पुरा
पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष हक्कीको सेमीफाईनल समिकरण पूरा भएको छ ।
समूह कमा रहेको आर्मी १२ अंकका साथ समूह विजेता र गण्डकी प्रदेश ७ अंकका साथ उपविजेता हुदै सेमिफाइनल प्रवेश गरेको हो । समूह चरणमा आर्मीले ४ खेल खेलेकोमा चार वटैमा जित निकालेको थियो ।
समूह खबाट नेपाल पुलिस विजेता र कर्णाली प्रदेश उपविजेता बन्दै सेमीफाइनल पुगेको हो । समूह चरणमा नेपाल पुलिसले खेलेको ३ वटै खेलमा जित निकाल्यो भने कर्णालीले ३ खेलमा २ खेल जित्दै ६ अंक जोडेको हो ।
बुधबार हुने पहिलो सेमिफाईनलमा कर्णाली प्रदेशले आर्मीको सामाना गर्नेछ । दोस्रो खेलमा गण्डकी प्रदेशले नेपाल पुलिससँग खेल्नेछ ।
मंगलबार भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले प्रदेश १ लाई १–० गोल अन्तरले पराजित गर्दै १२ अंक जोडेको हो । आर्मीका लागि ५७ औं मिनेटमा रोशन चौधरीले गोल गरेका हुन् ।
दोस्रो खेलमा कर्णाली प्रदेशले बागमती प्रदेशलाई १–० गोलले हराउँदै सेमिफाईनल पुगेको हो । निकै महत्वपूर्ण खेलमा कर्णालीलाई सेमिफाईनल पुर्याउन खेलको २६ औं मिनेटमा निरञ्जन रोकायाले गोल गरेका हुन् ।
सुटिङ : एयर पेस्तोलमा आर्मी पहिलो
राष्ट्रिय सुटिङ प्रतियोगिताअन्तर्गत पुरुष टिम एयर पेस्तोलमा आर्मी पहिलो, बागमती दोश्रो र प्रहरी तेश्रो भएका छन् । सो स्पर्धाको महिलामा आर्मीले स्वर्ण, गण्डकीले रजत र बागमतीले कांस्य जिते ।
मिक्स टिम पेस्तोलमा लुम्बिनी पहिलो, गण्डकी दोश्रो र बागमती तेश्रो बने । मिक्स टिम राइफलमा आर्मी पहिलो, बागमती दोश्रो र प्रहरी तेश्रो स्थानमा रहे ।
पुरुष टिम इभेन्टको एयर राइफलमा आर्मी प्रथम, बागमती द्वितीय र सुदूरपश्चिम तृतीय भए । उक्त स्पर्धाको महिलामा आर्मी, प्रहरी र बागमतीले क्रमशः शीर्ष तीन स्थान हात पारे । व्यक्तिगत स्पर्धाको फाइनल बुधबार हुनेछ ।
बास्केटबल सेना फाइनलमा
नवौं राष्ट्रिय खेलकुद अन्तगत तनहुँमा भएको महिला ३ बाइ ३ बास्केटबल प्रतियोगितामा नेपाली सेनाको टोली फाइनल प्रवेश गर्न सफल भएको छ ।
नेपाली सेनाले गण्डकी प्रदेशलाई पराजित गर्दै फाईनल यात्रा तय गरेको हो । निर्धारित समय सम्म स्कोर बराबर भएपछि थप गरिएको समयमा सिवाङ्गी लिम्बु र जेनिषा श्रेष्ठले स्कोर गर्दै सेनालाई सेमिफाइनलको यात्र तय गराए । निर्धारित समय सम्म सेना र गण्डकीले समान ६–६ अंकको स्कोर गरेको थियो ।
पुरुष बास्केटबल सेमीफाइनल समिकरण
गण्डकी प्रदेशको पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष बास्केटबलमा आर्मी, एपिएफ, बागमती र गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् ।
पोखरा रगंशालामा मगंलबार सम्पन्न ‘थ्रि अन थ्रि’ बास्केटबल प्रतियोगिता अन्तर्गत समुह ‘ए’ तर्फको पहिलो खेलमा आर्मीले पुलिसलाई २१–२० स्कोरले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ । आजनै सम्पन्न दोस्रो खेलमा प्रदेश १ ले मधेशलाई २१–०५ स्कोरले हराएको छ ।
समूह चरणको अकं तालिकामा आर्मी ८ अकंका साथ विजेता बनेको छ भने एपिएफले ७ अकं जोड्दै उपविजेता बनेको छ ।
त्यस्तै समूह वि तर्फको पहिलो खेलमा बागमती प्रदेशले सुदुरपश्चिम प्रदेशलाई १४–१० स्कोरले हराएको छ । अकं तालिकामा उपविजेता हुँदै ७ अकंका साथ बागमती प्रदेश सेमिफाइनलमा प्रबेश गरेको छ ।
त्यस्तै दोस्रो खेलमा कर्णालीले लुम्विनीलाई १९–१० स्कोरले हराएको छ ।
समूह वि अन्तर्गत अकं तालिकामा ८ अकंका साथ गण्डकी विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ भने बागमती ७ अकं जोडेको छ ।
भोलि २ गते बुधवार विहान सेमिफाइनलको पहिलो खेल बिभागीय टोली एपिएफ र बागमती प्रदेशबीच हुँदैछ भने दोस्रो खेल गण्डकी र आर्मीबीच हुँदैछ ।
प्रतियोगितामा १० समूह सहभागी छन् भने गत २८ गतेदेखि खेलहरु जारी छन् ।
आर्चरी : स्ट्याण्डर्ड पुरुष टिममा गण्डकीलाई स्वर्ण
नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखराको आर्चरी मैदामा भएको प्रतिस्पर्धाम स्ट्याण्डर्ड पुरुष टिम इभेन्टमा गण्डकीले स्वर्ण जितेको छ । गण्डकीको दुर्गा घर्ती मगर, खड्ग घर्ती, रज्नु पुन र कृष्ण भण्डारीको टिमले सुदूरपश्चिम प्रदेशलाई पछि पार्दै स्वर्ण जितेका हुन् । सुदूरले रजत र नेपाल पुलिसले कास्य पदक प्राप्त गर्यो ।
महिला तर्फ सोही विधामा नेपाली सेनाले स्वर्ण हात पा¥यो । सेनाका सरद बि.क., सारु तामाङ, खड्ग कुमारी थापा मगर र तुल्सी थापा सम्मिलित टिमले सेनालाई स्वर्ण दिलाएका हुन् । प्रदेश १ले रजत र गण्डकी प्रदेशले कास्य पाए ।
स्ट्याण्डर्ड मिक्स टिममा पनि सेनाले स्वर्ण जित्यो । सेनाका प्रदिप सुनुवार र शारदा वि.क.को जोडीले सेनाका लागि आर्चरीमा अर्को स्वर्ण जितेका हुन् । यस विधामा गण्डकीले रजत जित्दा एपिएफले कास्य पायो ।
रिकर्भ पुरुष टिम तर्फ गण्डकीले नेपाल पुलिसलाई पराजित गर्दै स्वर्ण हात पा¥यो । एपिएफले कास्य पदक प्राप्त गर्यो । यसैगरि कम्पाउण्ड पुरुष टिममा गण्डकीले जित निकाल्दै स्वर्ण पदक प्राप्त ग¥यो । एपिएफले रजत प्राप्त गर्दा सेनाले रजत पदक प्राप्त गर्यो ।
आर्चरीकै स्ट्याण्डर्ड मिक्स टिममा पनि सेनाले स्वर्ण जित्यो । सेनाका प्रदिप सुनुवार र शारदा वि.क.को जोडीले सेनाका लागि आर्चरीमा अर्को स्वर्ण जितेका हुन् । यस विधामा गण्डकीले रजत जित्दा एपिएफले कास्य पायो ।
रिकर्भ पुरुष टिम तर्फ गण्डकीले नेपाल पुलिसलाई पराजित गर्दै स्वर्ण हात पार्यो । एपिएफले कास्य पदक प्राप्त गर्यो । यसैगरि कम्पाउण्ड पुरुष टिममा गण्डकीले जित निकाल्दै स्वर्ण पदक प्राप्त गर्यो । एपिएफले रजत प्राप्त गर्दा सेनाले रजत पदक प्राप्त गर्यो ।
सफ्ट टेनिस : डबल्समा प्रहरी र एपिएफलाई स्वर्ण
नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखरामा जारी सफ्ट टेनिस डबल्स तर्फको दुई स्वर्ण विभागिय टोली नेपाल प्रहरी र एपिएफले बाँडेका छन् । पुरुष युगल तर्फ नेपाल पुलिसका नरबहादुर लुङ्गेली र कमल भण्डारीको जोडीले प्रदेश नं. १ का युकेश योञ्जन र आशिष बोहराको जोडीलाई ५–३ को सेटले पराजित गर्दै स्वर्ण जितेका हुन् । बागमती प्रदेशका प्रदीप खत्री र बृजेश पाण्डेको जोडी तथा गण्डकी प्रदेशका शक्ति शर्मा र धर्म लामिछानेको जोडी संयुक्त तेश्रो भए ।
यस्तै महिला तर्फ एपिएफले स्वर्ण जित्यो । एपिएफका भगवती बि.क. र समृद्धि महर्जनको जोडीले एपिएफलाई स्वर्ण दिलाएका हुन् । उक्त जोडीले लुम्बिनी प्रदेशका ऋतीका चौधरी र विमला पन्थीको जोडीलाई ५–० को सोझो सेटले पराजित गर्दै स्वर्ण हासिल गरेका हुन् । प्रदेश १ की श्रेया योञ्जन र श्रेया राईको जोडी र नेपाल प्रहरीका विष्णा भण्डारी र सिसम चन्दको जोडीले संयुक्त तेश्रो हुदै कास्य पदक प्राप्त गरे ।
यस अघि हिजो सोमबार भएको एकल प्रतिस्पर्धामा प्रदेश नं. १ का युकेश योञ्जन र बागमतीका प्रदीप खत्री फाइनलमा प्रवशे गरेका छन् । यस्तै महिला तर्फ बागमती प्रदेशकी चन्द्रमाया राई र एपिएफकी समृद्धि महर्जनले फाईनलमा स्थान बनाएका थिए ।