नेपाली फिल्म दुई नम्बरी अमेरिकाको बाल्टिमोरमा आज प्रदर्शन हुदै
मेरिल्याण्ड, अमेरिका / चलिचित्र पत्रकार दीपेन्द्र लामाद्वारा निर्देशित नेपाली कथानक चलचित्र ‘दुई नम्बरी’ आज (अक्टोबर १६ तारिक आइतबार) बाल्टिमोरमा प्रदर्शनमा हुने भएको छ ।
यो चलचित्रले नेपाल तथा अन्य मुलुकमा राम्रो प्रदर्शन गर्दै आएको छ।
चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासना सिंह ठकुरी र बुद्धि तामाङको अभिनय रहेको छ ।
दुई नम्बरीको अमेरिका लागि प्रशारण राइट एभरेष्ट इन्टरटेन्टमेन्टले पाएको छ। एभरेष्टका सिइयो अपार श्रेष्ठले आइतबार बाल्टिमोरमा प्रर्दशन गरे पछि अमेरिकाका अन्य शहरका लागि तालिका बानाइने बताए।
‘आज साँझ ७:४० बजे बाल्टिमोरमा रहेको होराइजन हलमा प्रदर्शन हुनेछ, त्यस पछि अमेरिकाभरको प्रशारण तालिका हामी सार्वजनिक गर्छौ।’ समाज टाइम्स सँगको कुराकानीमा श्रेष्ठले भने।