प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशन नोभेम्बर पहिलो साता काठमाडौंमा

पेन्सिलभेनिया,अमेरिका / प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशन नोभेम्बर ५ र ६ तारिक (कार्तिक १९-२० गते) काठमाडौंको हुने भएको छ।
मञ्चका अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङद्वारा आइतबार जारी गरिएको विज्ञप्तिमा अधिवेशन बुढानिलकण्ठ स्थित पार्क भिलेजमा हुने छ।
दुई दिने अधिवेशनको समुद्घाटन नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ।
मञ्चका अन्तर्राष्ट्रिय कमिटी सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख प्रभुराम थापाका अनुसार अघिवेशनमा प्रवासी नेपाली मञ्चका संसारभरीका संगठनहरुबाट चुनिएर करिव ३५०जना प्रतिनिधिको सहभागिता रहनेछ ।
अधिवेशनलाई भव्यरुपमा सम्पन्न गर्न विभिन्न उपसमितिहरू वनाईएको र नेपालमा सम्पर्क कार्यलय वाट अधिवेशनको तयारी शुरू भैसकेको अन्तर्राष्ट्रिय कमिटीका प्रमुख सल्लाहाकार संञ्जय थापाको भनाई छ।
अधिवेशन विशेषको प्रतिक चिन्ह ‘लोगो’ लाई आइतबार एमालेका उपमाहसचिव विष्णु रिमालले एक कार्यक्रमको विच सार्वजनिक गरेका छन्।

‘नेपाल र नेपाली भावनासँग जोडिएको यस लोगोमा आधा धर्ति ओगटेको महिलाशक्तिको प्रतिक रातो रंगको अर्धगोलाकार भाग र अर्को आधा धर्ति ओगटेको पुरुषशक्तिको प्रतिक निलो रंगको अर्धगोलाकारको भागलाई छेउछेउमा रहेको सूर्यले विकास र उज्यालो भविष्यको प्रतिक र पूर्ण गोलार्धभित्र नेपालको हिमाल, पहाड र तराईको प्राकृतिक मनोरम शुन्दरता, मठ, मन्दिर र साँस्कृतिक सम्पदाको छटाले भरिपूर्ण काठमाडौंको काखमा यस प्रथम अन्तर्राष्ट्रिय अधिवेशन सम्पन्न हुँदैछ भन्ने सन्देश दिनखोजेकोछ ।’ अध्यक्ष गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
आफ्नो मुख्य नाराको रूपमा प्रवासी नेपालीहरुलाई सबल र सक्षम बनाउँदै समृद्ध नेपाल र सुखी नेपाली बन्ने नेपालको राष्ट्रिय संकल्पलाई पूरा गर्ने महान अभियानमा जोडिने उद्देश्यले “सबल प्रवासः समृद्ध नेपाल, सुखी नेपाली” लाई अधिवेशनको मूल नारा बनाईएको जनाइएको छ ।
प्रथम ऐतिहासिक अधिवेशनले प्रवासी नेपाली मञ्चको सिद्धान्त, नीति, कार्यक्रम र बिधि–बिधान तर्जुमा गर्नुका साथै अन्तर्राष्ट्रिय नेतृत्व समेत चयन गर्नेछ।
‘हाम्रो संगठनको यो प्रथम महत्वपूर्ण र ऐतिहासिक यस अधिवेशनलाई भव्यरुपमा सम्पन्न गर्न यहाँहरुको क्षेत्रबाट व्यापक रूपले प्रचारप्रसार गरि अधिवेशनलाई भव्यरुपमा सम्पन्न गर्न सहयोग प्राप्त हुने अपेक्षा समेत गर्दछौं ।’ अध्यक्ष गुरुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ।