एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरलाई आइसीसीले कारवाही गरेको छैन् : रविना थापा, अध्यक्ष आइसीसी
पेन्सिलभेनिया, अमेरिका / गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) की कार्यकारी अध्यक्ष रविना थापाले राष्ट्रिय समन्वय परिषद् (एनसीसी) यूकेका अध्यक्ष प्रेम गाहा मगरलाई कारवाही नगरिएको बताएकी छिन्।
समाज टाइम्स सम्वादमा शनिबार बोल्दै अध्यक्ष थापाले कुनै पनि एनसीसीलाई निश्काशन गर्ने अधिकार आइसीसीलाई नभएको बताइन। उनले मगर माथि गरिएको कारवाही बारे आफुलाई जानकारी नभएको बताएकी छिन्।
‘तपाइलाई फेरि पनि भन्छु हामी एनआरएनएले (आइसीसी) कसैलाई पनि कारवाही हुदैन,एनसीसी भनेको स्वायत्त हुन्छ, त्यो देशमा दर्ता भएको संस्था हुन्छ।’ थापाले भनिन्, ‘हामीले गर्न सक्ने भनेको एनआरएनएको एफिलेशन नदिन सक्छौ, तर हामीले कसैलाई पनि कारवाही गर्न सक्दैनौं।’
एनसीसीका महाचसिवद्वय गौरी जोशी र डा.केशव पौडेलले संयुक्त हस्ताक्षर सहित पत्र पठाएर एनआरएनए यूकेका अध्यक्ष मगरलाई निलम्वन गरेको पत्र पठाएका थिए। (महासचिवद्वयको पत्र सम्वन्धी पुरा समाचार हेर्न यहाँ हेर्न सक्नु हुन्छ)
अध्यक्ष थापाले सो पत्र र कारवाही बारे आफुलाई थाहा नभएको बताइन। ‘उहाँहरुले गर्नु भएको कुरा प्रष्ट भन्नु पर्दा मलाई थाहा छैन। उहाँहरु आफैले गर्नु भएको होला तर म चै जानकारी छैन।’ थापाले भनिन्, ‘गलत कुरा गर्नु हुदैन एनसीसी बलियो भएर नै हामी आइसीसी बलियो हुने हो। त्यस कारण हामीहरुले एनसीसीलाई स्वायत्त छोडिदिएका छौ।’
अध्यक्ष थापाले महासचिवले गरेको काम गलत भएको र व्यक्तिगत कामको जिम्मा आफुले नलिने बताइन। ‘एनसीसीले काम गरेर एनआरएनएको बदनाम गर्यो भने हामी एफिलेशन दिदैनौ तर कसैलाई कारवाही गर्नु हाम्रोमा छैन त्यो गलत हुन्छ। त्यो कुन हिसावले चिठ्ठि लेख्नु भयो हाम्रो मिटिङमा छलफल भएको छैन, छलफल नभएको विषयलाई मैले कसरी थाहा छ भन्नु त ।’
अध्यक्ष थापा सँगको सम्वादको पूरा भिडियो