पेन्सिलभेनियाको ल्यानक्यास्टरमा चर्चित कलाकारको प्रत्यक्ष दोहोरी
पेन्सिलभेनिया,अमेरिका । पेन्सिलभेनियाको ल्यानक्यास्टरमा पहिलो पटक प्रत्यक्ष दोहोरी कार्यक्रम हुने भएको छ।
‘सँगै उत्सव मनाऔं’ भन्ने नाराका साथ अक्टोबर २२ तारिक शनिवार ल्यानक्यास्टरमा लोक दोहोरी घन्किने भएको छ।
नेपाली गीत संगीतका ख्यातिप्राप्त गायक गायीकाले ल्यानकास्टरमा प्रत्यक्ष दोहोरी गाउन लागेको पहिलो पटक भएको आयोजकको भनाई छ।
ल्यानक्यास्टरबासी तर्फबाट प्रिमरोज लेन माउन्टभिलमा (सिट्को ग्यास स्टोर भन्दा लत्लो घर) (306 Primrose Lane Mountville, PA 17554) आयोजना हुन लागेको कार्यक्रममा चर्चित लोक गायक प्रेम राजा महत,भगवान भण्डारी र शान्ति भण्डारीले गाउने छन ।
यस्तै अभिनेत्री सरिता लामिछाने, अमृत रामदम, खिम मर्सङ्गी मगर, सजिन पुन र बिराज रामदामको पनि सहभागिता रहने छ।
दिउँसो दुई देखि साँझ ६ बजे सम्म हुने कार्यक्रममा प्रवेश मात्र होइन डिनर पनि निशुल्क व्यवस्था गरिएको आयोजकको भनाई छ।