एनआरएनए महासचिव गौरी जोशीलाई मातृशोक
चितवन / गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) महासिचव गौरीराज जोशीलाई मातृशोक परेको छ।
जोशीका आमा ७२ वर्षीया भुपा कुमारी जोशीको बिहिबार साँझ ६ बजेर १६ मिनेटमा चितवन मेडिकल कलेजमा निधन भएको हो।
महासचिव जोशीका अनुसार आमालाई पछिल्लो दश बर्ष यता दम (आश्मा) रोग थियो। रोगले च्यापेपछि, घटस्थापनाका अस्पताल भर्ना गरिएको थियो।
जोशी परिवारले यस पटकको दशै टिका पनि अस्पतालमा नै लगाएका थिए। महासचिव जोशीले आफु १५ वर्षको उमेर हुदाँ बुबा गुमाएका थिए। ‘म सानै छदा २०५९ सालमा बुबाको निधन भयो , आमाले हामीलाई निकै दुख गरेर हुर्काउनु भयो तर आज हामीले उहाँलाई बचाउन सकेनौ।’ भारी मन बनाउदै समाज टाइम्स सँगको टेलिफोन कुराकानीमा महासचिव जोशिले दुख व्यक्त गरे।
स्वर्गिय भोप कुमारी जोशीका चार छोरा र एक छोरी छन्। जेठो छोरा बाहेक अरु सबै अमेरिका बस्दछन्। गौरी जोशी माहिलो छोरा हुन्।
यसै बीच स्वर्गिय भोप कुमारीको शव आज रातभर चितवन स्थित जोशी निवासमा नै राखिने भएको छ। अन्तिम श्रद्धान्जली पछि शुक्रबार बिहान देवघाटमा दाह संस्कार गर्ने कार्यक्रम रहेको छ।