मिचिगन स्थित एभरेष्ट तेक्वान्दोकी ह्यालो कानेजोलाई ग्रान्ड प्रिक्समा स्वर्ण
नर्थक्यरोलिना, अमेरिका। मिचिगन स्थित एभरेष्ट तेक्वान्दोका दुई खेलाडीले यूएस ग्रान्ड प्रिक्स फाइनलमा स्वर्ण जितेका छन्।
नर्थ क्यारोलिनामा सेम्टेम्बर १६ देखि १८ तारिक सम्म भएको प्रतियोगितामा एभरेष्टकी ह्यालो कानेजोले स्वर्ण जितिन। यस्तै मोर्गन ब्ल्याकले पनि कास्य पदक पाइन्।
पान अमेरिकन तेक्वान्दोमा यस अगाडि नै छनौट भइसकेकी ह्यालोले यस पटकको नर्थ क्यारोलिना भ्रमणमा तीन वाउट जित्दै स्वर्ण पदक हात पारेकी हुन्।
पहिलो खेलमा ट्रिनिटी सुहलाई हराएकी ह्यालोले त्यस पछि सेमीफाइनलमा श्रुति वेंकटरामनलाई हराएकी थिइन। फाइनलमा ह्यालोले सारा आर्मडोरको चुनौती पन्छाउदै स्वर्ण पदक जितिन्।
यूएस तेक्वान्दोद्वारा आयोजित प्रतियोगितामा प्राप्त यो सफलताले ह्रयालोले अर्को वर्ष हुने विश्व च्याम्पियनसिपका लागि ट्रिम ट्रायल खेल्न पाउने छिन्।
एभरेष्टकै खेलाडी मोर्गन ब्ल्याक कांस्यमा रोकिइन । पहिलो खेलमा साक्षी कुमारलाई हराएकी मोर्गनले दोस्रो खेलमा रिले ओटो सँग पराजित भएकी थिइन।
प्रशिक्षक अनमोल गोर्खालीले आफ्ना खेलाडीको सफलतामा खुसी व्यक्त गरे। ‘ह्यालो आफैमा राम्रो खेलाडी हुन्, अब अक्टोबरमा नर्थ क्यारोलिनामा नै हुने ग्राण्डल्याममा राम्रो गर्ने लक्ष्य रहने छ। त्यहाँ पनि सफल भएमा वरियतामा ठूलो अर्थ लाग्छ।’
एभरेष्ट तेक्वान्दो नेपाली प्रशिक लव गोर्खाली द्वारा संचालित स्कूल हो।