महिला साफ च्याम्पियन : उपाधि जित्ने नेपालको सपना फेरि अधुरै, यस पटक बंगलादेश बन्यो बाधक
काठमाडौं । महिला साफ च्याम्पियनसिपको उपाधि जित्ने नेपालको सपना फेरि पनि उधुरै रहेको छ।
नेपालको लक्ष्यमा यस अगाडिका हरेक संस्करणमा भारत बाधक बन्ने गरेको थियो। तर यस पटक बंगलादेश बाधक बन्यो।
दशरथ रंगशालामा कीर्तिमानी दर्शकको उपस्थितिमा सोमबार भएको फाइनलमा नेपाल बंगलादेश सँग तीन शुन्य गोल अन्तरले पराजित भयो।
नेपाल र बंगलादेश दुबैले पाँच पटकको च्याम्पियन भारतको चुनौती पन्छाउदै फाइनलमा भेट पक्का गरेका थिए। नेपालले पाँचौ पटक फाइनल खेलेको हो । यस अगाडि सदैब भारत सँग फाइनलमा खेलेको थियो।
स्वाभिवक रुपमा फाइनल खेल रोचक बन्यो तर घरेलु मैदानमा नतिजा सुखद नेपालका लागि भएन।
प्रशिक्षक कुमार थापाले गोल मेशिन सावित्रा भण्डारी (साम्बा) लाई बेञ्चमा राख्दै उतारेको टिमले शुरु देखि नै राम्रा अवसर श्रृजना गरेको भए पनि सदुपयोग गर्न सकेन । उल्टो पहिलो हाफ सकिदा नेपाल दुई शुन्यले पछाडि पर्यो।
१३ मिनेटमा बंगलादेशकी सामसुननहरले खचाखच दर्शक दिर्धालाई स्तब्ध पारिन। उनले निकै आकर्षक गोल गरिन्। ४२ औं मिनेटमा श्रीमोती सरकारले दोस्रो गोल गरिन् ।
दोस्र हाफमा अनिता बस्नेतले एक गोल फर्काए पछि केही आशा पलाएको थियो। ७० मिनेटमा अनिताले गोल फर्काको सात मिनेट भित्र श्रीमोती सरकारले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे पछि फेरि पनि नेपालको पक्षमा निरासा मात्र पर्यो।
दोस्रो हाफमा मैदान प्रवेस गरेकी साम्बा पनि आज चल्न सकिनन्। जसले गर्दा पहिलो पटक त्यो पनि घरमा उपाधि जित्ने नेपालको सपना अधुरै बन्यो।