नेपालले बंलादेशलाई ३-१ले हरायो,अञ्जन विष्टको ह्याट्रिक

काठमाडौं। अञ्जन विष्टले ह्याट्रिक गरेको खेलमा नेपालले मैत्रीपूर्ण खेलमा बंगलादेशलाई ३–१ गोलको हराएको छ।
दशरथ रङ्गशालामा मंगलवार भएको खेलमा नेपालले १८ औ मिनेटमा अग्रता लिएको थियो। विमल घर्ती मगरको पासलाई हेडरमार्फत अञ्जनले सुन्दर गोल गरेका थिए ।
त्यसको दश मिनेट पछि अञ्जनले अर्को गोल गरे। फेरि अर्को दश मिनेट पछि अर्थात ३८औ मिनेटमा अञ्जनले ह्रयाट्रिय पुरा गरे। यो सँगै अञ्जनको अन्तर्राष्ट्रिय गोल संख्या दश पुगेको छ।
५७औं मिनेटमा बङ्गलादेशका टुटुल हुसेनले एक गोल फर्काए ।

अञ्जन नेपालका लागि ह्याट्रिक गर्ने छैठौं खेलाडी बनेका छन् । यस्तै यो नेपाली फुटबल खेलाडीले अन्तर्राष्ट्रिय खेलमा ६ वर्ष पछि गरेको ह्याट्रिक हो । पछिल्लो समय सन् २०१६ जनवरिमा नवयुग श्रेष्ठले बंगबन्धु गोल्ड कपमा माल्दिभ्स विरुद्ध नेपालले ४–१ को जित निकालेको खेलमा ह्याट्रिक गरेका थिए ।
नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय ह्याट्रिक गाणेष थापाले गरेका थिए । त्यस पछि नरेश जोशि, निराजन रायमाझी र भरत खवासको नाममा पनि ह्याट्रिक छ।

फोटो सौजन्य एन्फा
गोल गरेपनि जित्ने हो,’ उनले भने ।
बंगलादेशसँग ह्याट्रिक गरेसँगै अन्जनले अन्तर्राष्ट्रिय गोल संख्यापनि १० पुर्याएका छन् । भने, राष्ट्रिय टिमबाट ५०औं खेल खेलेका छन् ।