बागमती प्रदेशमा २ हजार ३ सय २० किलो गाँजा बरामद
काठमाडौं। बागमती प्रदेशका निवर्तमान विधायकहरु गाँजा खुल्ला गर्ने कानुन बनाउन लागिपरेको बर्षौ भयो । तर पनि सकेका छैनन् । फलस्वरुप गत साउन, भदौं र असोजमा यस प्रदेश कार्यालय अन्तर्गत रहेका १० वटा प्रहरी कार्यालयले २ हजार ३ सय २० किलो गाँजा बरामद गरेको छ।
बागमती प्रदेश प्रहरी कार्यालयले हराएका ३ सय २९ जना मानिसमध्ये २ सय ३३ जना फेला पारेको जनाएको छ।
बागमती प्रदेश प्रहरी कार्यालयले आफ्नो ३ महिने कार्यविवरण सार्वजनिक गर्दै हराएका ३ सय २९ जना मानिसमध्ये २ सय ३३ जना फेला पारेको जनाएको छ।
चितवनबाट ८५, मकवानपुरबाट ७४, काभ्रेबाट ३६, सिन्धुलीबाट ३०, रामेछापबाट १३, सिन्धुपाल्चोकबाट १६, नुवाकोटबाट २४, धादिङबाट ३० र रसुवाबाट २ जना मानिस हराएको जाहेरी प्रहरीमा परेको थियो।
बागमती प्रदेशका १० वटा जिल्लामा भएका गतिविधिहरु समेटेर बागमती प्रदेश कार्यालयले ३ महिनाको कार्यविवरण सार्वजनिक गरेको हो।
डिआइजी किरण बज्राचार्यका अनुसार, मकवानपुरबाट मात्रै १६ सय ७६ किलो गाजाँ बरामद गरिएको छ ।