जिप दुर्घटनामा आठ जना हामफालेर जोगिए पनि एकको मृत्यु
काठमाडौं । दार्चुलामा तिम्ला भन्ने ठाउँमा जिप दुर्घटना हुँदा अपिहिमाल गाउँपालिका ६ का १८ वर्षीय दिनेशसिंह धामीको मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार म १ ज २३३ नम्बरको जिप दुर्घटना भएको हो ।
जिपमा रहेका अरू ५ जना सामान्य घाइते छन्। जिपमा ९ जना थिए । ९ मध्ये ८ जना जिपबाट हामफालेर ज्यान जोगाएका छन् ।
घाइतेको लटिनाथ स्वास्थ्य चौकीमा उपचार गरिएको छ। जिप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो।
जिपका ९ मध्ये ८ जनाले हामफालेर ज्यान जोगाएको प्रत्यक्षदर्शीले बताए। जिपसँगै भिरमा खसेका धामीको भने मृत्यु भएको छ।
फाइल फोटो