लमजुङ्ग सेवा समाज र बानाद्वारा बाल्टिमोरमा रहेको मन्दिर-गुम्बामा सरसफाइ अभियान शुरु
मेरिल्याण्ड, अमेरिका। बाल्टिमोर एसोसिएसन अफ नेपालिज इन अमेरिका (बाना) र लमजुङ्ग सेवा समाज अमेरिकाले मेरिल्याण्ड राज्यमा रहेको हिन्दु बुद्ध मन्दिर सरसफाई अभियान शुरु गरेका छन्।
समाज र बानासँग आवद्ध ५० जना भन्दा बढी स्वयंमसेवकहरु आइतवार मन्दिर परिषरमा पुगेर सरसफाइमा सहभागि भएको समाजका अध्यक्ष गणेश अधिकारीले समाज टाइम्सलाई बताए।
अधिकारीका अनुसार सरसफाइ अभियान निरन्तर जारि रहने छ। ‘मन्दिरको तर्फबाट सरसफाइ त भइनै रहेको हो तर समाजको अगुवाईमा अभियान नै शुरु गरिएको हो, अव यसलाई हामी निरन्तरता दिन्छौ।’ उनले भने।
आइतवार मन्दिर परिषरमा रहेको खुल्ला चौरको घास काट्ने, झ्याल ढोका सफा गर्ने, छाना सफा गर्ने, झारहरु उखाल्ने काम गरिएको अधिकारीले बनाए।
‘सरसफाई नियमित कार्य हो तर हामी सबै काममा एकजुट छौ भन्ने सन्देश दिन पनि खोजेका हौं।’ अधिकारीले भने,’मन्दिर जानु आफैमा राम्रो कुरा हो त्यसमा सामुहिक रुपमा सरसफाइ गरिनु अझ राम्रो भयो यसले समाजलाई एक गर्ने काम पनि गरेको छ।’
समाजका बिभिन्न संघसस्थाले यो किसिमको अभियान चलाउदा अब अरु संस्थाको पनि सहभागिता रहने अपेक्षा गरे।