राणालाई घेराबन्दी,मानवअधिकार आयोगको अनुगमन
काठमाण्डौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई उनको आवस तथा कार्यलय सर्वोच्च अदालतमा आवागमन गर्ने नसक्ने गरी प्रहरी तैनाथ गरेको छ ।
यसै क्रममा राष्ट्रिय मानवअधिकार आयोगको टोली निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको निवासमा पुगेको छ ।
निलम्बित प्रधानन्यायाधीश जबराले आफूलाई घरबाट बाहिर निस्कन नमिल्ने गरी सरकारले गेटमा प्रहरी तैनाथ गरेको बताएपछि मानवअधिकार आयोगको टोली बालुवाटारस्थित निवासमा पुगेको हो । घटनाबारे बुझ्न आयोगले सहसचिवको नेतृत्वमा टोली बालुवाटार पठाइएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिएका छन् ।
उनका अनुसार आयोगको टोलीले निलम्बित प्रधानन्यायाधीश जबराको निवासपछि सर्वोच्च अदालतमा आएर अनुगमन गरेको छ । टोली फर्किएपछि निलम्बित प्रधानन्यायाधीश जबराको अवस्थाबारे आयोगले आफ्नो धारणा सार्वजनिक गर्ने उनले बताए ।
निलम्बित प्रधानन्यायाधीश जबराले बिहान ११ बजे सर्वोच्च अदालत हाजिर हुने तयारी गरिरहेका बेला आफूलाई सरकारले निवासको गेट बन्द गरेर रोकेको बताएका थिए ।
यता सर्वोच्च अदालत परिसरमा राणालाई रोक्न धर्ना बसेको बुझिएको छ । राणाको बिषयलाई लिएर दलहरुमा पनि धारणा बिभाजन भएको छ ।
यस अधि नै एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदहरुले भने फरक मत राखेका थिए । एमाले उपाध्यक्ष विष्णु पौडेलले महाभियोग प्रस्ताव ६ महिनासम्म होल्ड गरिएको र सिफारिस समितिलाई काम गर्न तीन महिना समय नदिइएको भन्दै प्रश्न उठाए पनि समितिमा उचित जवाफ नआएकाले फरक मत राखिएको बताएका छन् ।