पेन्सिलभेनियामा जितु नेपाल मुन्द्रेको प्रस्तुती सेप्टेम्बर १८ आइतवार
पेन्सिलभेनया,अमेरिका। चर्चित हास्यकलाकार जितु नेपाल मुन्द्रेले अमेरिकाको पेन्सिलभेनियामा सेप्टेम्बर १८ तारिक आइतवार प्रस्तुती दिने भएका छन्।
पेन्सिलभेनिया नेपाली गुठीको आयोजनामा नर्थ वेल्समा (101 S. Main St North Wales PA 19454) कार्यक्रमा हुन लागेको हो।
आइतवार साँझ ६ देखि ११ बजे सम्म संचालन हुने कार्यक्रमामा मुन्द्रेको हास्यव्यङ्ग प्रस्तुतीका साथै गायक अर्जुन बोसुल र डाक्टर केशव भण्डारीको सांङ्गेतिक पनि प्रस्तुती रहने छ।
लामो समय देखि हास्यव्यङ्ग क्षेत्रमा क्रियाशिल जितु नेपालले सञ्चालन गरेको ‘मुन्द्रेको कमेडी क्लब’ निकै चर्चित भएको थियो।
यसै गरि गायक बोसेल ‘गोठालो’ ‘आँखाको भाकाले’, ‘सम्झनाले मन हास्ने’, ‘मेरो नेपाल’, ‘बगेको खोली’, आमालाई सम्झेर’ लगायतका चर्चित गितका सर्जक हुन्।
यस्तै मेडिकल डाक्टर भण्डारीले पनि स्थानीय कार्यक्रमहरुमा प्रस्तुती दिदै आएका छन्। डाक्टर भण्डारी आधुनिक गितमा प्रस्तुती दिने गर्दछ।
पेन्सिलभेनिया नेपाली गुठीका संस्थापक एवं अध्यक्ष विमल मोक्तानले चाडबाडको समय शुरु भए सँगै आयोजना हुन लागेको मनोरञ्जनात्मक र सांगितिक कार्यक्रममा पेन्सिलभेनिया र आशपास क्षेत्रमा रहेका नेपाली समुदायलाई उपस्थितिका लागि आग्रह गरेका छन्।
‘जितु जीको उपस्थितिमा हामीले कार्यक्रम गर्न लागेको यो दोस्रो पटक हो, यस अगाडि भएको कार्यक्रमलाई यस क्षेत्रमा रहेका हाम्रो समुदायले मन पराउनु भएको थियो, समाज टाइम्स सँगको कुराकानीमा गुठीका अध्यक्ष मोक्तानले भने, ‘यस पटक पनि उल्लेख उपस्थिति रहने छ भन्ने अपेक्षा गरेका छौं।’
कार्यक्रममा टिकट प्रतिव्यक्ति ३० डलर राखिएको छ।
गुठी पेन्सिलभेनियामा रहेका नेपालीहरुको संस्थामा सबै भन्दा सक्रिय मध्येमा पर्दछ।
कार्यक्रमको सहयोगि संस्थामा मोन्टगोमेरी काउन्टी नेपाली लायन्स क्लब, तामाङ सोसाइटी अफ पेन्सिलभेनिया, नेपाली जनसम्पर्क समिति पेन्सिलभेनिया च्याप्टर र गैरआवासीय नेपाली संघ पेन्सिलभेनिया रहेका छन्।
यस्तै ‘पर्जीयन ग्रिल’ र ‘इएकपी रियल्टर’ कार्यक्रमका प्रायोजक रहेका छन्। कृषि विकास बैक लिमिटेड जितु नेपालको अमेरिका भ्रमणको प्रायोजक हो।
कार्यक्रमको बारेमा थप जानकारीका लागि उल्लेखित व्यक्तिहरुलाई सम्पर्क गर्न सकिने गुठीका अध्यक्ष मोक्तानको भनाई छ।
सम्पर्क व्यक्तिहरु
Bimal Moktan +1 (267) 872-6032 ,
kabi Ghising 4846745772 ,
jyoti Lama (267) 968-8109
Nabin lama 1 (617) 767-2459 ,
Jaindra lama (484) 860-8240 ,
Dr keahav Bhandari (267) 567-3014
Raj Kalakheti : 1 732 421 4096
surendra lama +1 (215) 738-1237
Nikita Maharian (929) 261-3732.
Subash Baitha +1 (484) 340-0366
Porsotam Kutu (609) 433-0774