नेपालमा अमेरिकाको सक्रियताप्रति चीनको चिन्ता
काठमाण्डौं । ६५ सदस्यीय लावा लस्करसहित नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले नेपालमा अमेरिकी सक्रियता बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
मंगलबार नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुसँग भएको भेटमा लीले एमसीसी र एसपीपीबारे चासो राखेका हुन् ।
नेपालमा बढ्दो अमेरिकी सक्रियताबारे उहाँहरुको चासो थियो । भेटमा सहभागी माओवादी केन्द्रका एक पदाधिकारीले भने, एमसीसी र एपसीपीमा हामीले खेलेको भूमिकाबारे बतायौं ।
संघीय संसद भवन नयाँ बानेश्वरमा चिनियाँ टोलीसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगै नेताहरु वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, उपमहासचिव हरिबोल गजुरेल, पम्फा भूसाल, शक्तिबहादुर बस्नेत, सचिव राम कार्कीले भेट गरेका थिए ।
संघीय निर्वाचनको सन्दर्भमा भएको यो भ्रमणले नेपालको कम्यूनिष्ट पाटीको सवलीकरणका बिषयमा थप सहयोग हुने नेकपा माओवादी केन्द्रले अपेक्षा गरेको छ ।