सत्ता गठबन्धनको बैठक जारी, सहमति जुट्ने प्रयास
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका नेताहरुको सिट बाँडफाँटबारे बैठक चलिरहेको छ ।
सिट बाँडफाँटबारे सहमति खोज्न बालुवाटारमा जम्मा भएका नेताहरुबीच द्विपक्षीय र त्रिपक्षीय छलफल चलिरहेको सरकारका प्रवक्ता एवं कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
बैठकले सिट बाँडफाँटको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री देउवा र माउवादी अध्यक्ष प्रचण्डलाई दिएको छ ।