पेन्सिलभेनियामा गभर्नर चुनाव : ‘जोस शापिरो’ पक्षमा नेपालीको एक्यबद्दता
पेन्सिलभेनिया,अमेरिका । गभर्नरको निर्वाचन नजिकिए सँगै पेन्सिलभेनियामा रहेका नेपालीहरुमा पनि चहल पहल बढेको छ। नयाँ गभर्नरका लागि नोभेम्बर ८ तारिकमा निर्वाचन हुदैछ।
जोश शापिरो र डग मास्ट्रियानो पेन्सिलभेनियाको गभर्नरका लागि दौडमा छन्। शापिरो डेमोक्याट्रिक पार्टीका उमेद्वार हुन। यस्तै मास्ट्रियानो रिपब्लिकन पार्टीबाट उमेद्वार हुन्।
डेमोक्र्याटिक प्राइमरीमा निर्विरोध उम्मेदवार भएका शापिरो हाल राष्ट्रमण्डलको महान्यायाधिवक्ताको रूपमा कार्यरत छन्।
भीडभाड भएको प्राइमरीमा दौडिएका मास्ट्रियानो फ्रान्कलिन काउन्टीको प्रतिनिधित्व गर्ने स्टेट सिनेटर हुन् जसले प्रारम्भिक, अनौपचारिक मतगणनामा ४०% भन्दा बढी मत प्राप्त गरेका थिए। रिपब्लिकन पार्टीको प्राइमरी निर्वाचनको शुरुवाती चरणमा दश जना प्रतिस्पर्धी थिए।
शापिरोले आइतवार सेप्टेम्बर ११का दिन मोन्टगोमेरी काउन्टीमामा रहेका एशियन अमेरिन सँग अन्तक्रिया गरेका छन्। शापिरो आफै मोन्टगोमेरी काउन्टीका हुन् ।
शापिरोको चुनावी कार्यक्रममा झण्डै दुई दर्जन नेपालीले सहभागिता जनाउदै एक्यबद्दता जनाएका छन्।
शापिरोको कार्यक्रममा पेन्सिलभेनियामा रहेका विभिन्न संघ संस्थामा सल्हाकार रहेका समाजसेवी विनोद मोक्तान, पेन्सिलभेनिया नेपाली गुठिका अध्यक्ष विमल मोक्दान, जनसम्पर्क समिति पेन्सिलभेनिया च्याप्टरका सभापति डाक्टर केशव भण्डारी, गैर आवासीय नेपाली संघ एनआरएनए पेन्सिलभेनिया च्यापटरका अध्यक्ष सुभाष बैठा, समाजिक अभियान्ता इन्जिनियर युदु बञ्जाडे लगायत उपस्थित थिए।
झण्डै एक घण्टा भन्दा बढी समय चलेको चुनावी कार्यक्रममा एशियाका विभिन्न मुलुकबाट अमेरिका आइ बसोबास गरेका प्रभुत्व व्यक्तिहरुले पनि सहभागिता जनाएका थिए।
चुनावी सभामा शापिरोले स्वास्थ विभा, शान्ति सुरक्षा, बन्दुक सवन्धि कानुनमा कडा गरिने, प्रहरीको संख्या दुई हजारले थप गर्ने तथा शिक्षामा लगानी बढाउने बताएका । उनले आफुले चुनाव जितेमा विवेधरहित शाशन गर्ने प्रतिवद्धता जनाएका छन्।
महान्यायाधिवक्ता पेन्सिलभेनिया राष्ट्रमण्ड को मुख्य कानून प्रवर्तन अधिकारी हो। शापिरो सन् २०१७ देखि यो पदमा छन्। गभर्नर टम वुल्फका उत्तराधिकारी बन्ने अभियानमा रहेका शापिरो सन् १९७३ मा कन्सास सिटी, मिसौरीमा जन्मिएका हुन्। उनका बाबु नौसेनामा सेवा गर्दथे।
राजनीति र कानुनमा दख्खल डेमोक्रेटिक पार्टीका सदस्य शापिरो पेन्सिलभेनियाको मोन्टगोमेरी काउन्टीमा हुर्केका हुन् । रोचेस्टर विश्वविद्यालयमा राजनीतिशास्त्र अध्ययन गरेका शापिरोले जर्जटाउन विश्वविद्यालयबाट कानूनको डिग्री हासिल गरेका छन्।
शापिरो सन् २००४ देखि प्रत्यक्ष राजनीतिमा सक्रिय छन्। २००४ मा १ सय ५३ औं डिस्ट्रिकको प्रतिनिधित्व गर्दै पेन्सल्भेनिया हाउस अफ रिप्रिजेन्टेटिभमा निर्वाचित भएका शापिरोले २०१२ सम्म त्यहाँ शाशन गरे।
शापिरोले रिपब्लिकनको गड मोन्टगोमेरीमा धावा बोलेका हुन् । २०१२ मा मोन्टगोमेरी काउन्टी बोर्ड अफ कमिसनर्सको चुनाव जिते। जसका कारण रिपब्लिकनहरूले मोन्टगोमेरी काउन्टीमा पहिलो पटक नियन्त्रण गुमाएको थियो । २०११ देखि २०१७ सम्म उनले सम्म बोर्डमा रहेका उनी अध्यक्ष समेत भए। उनी गभर्नर टम वुल्फ द्वारा अपराध र अपराधमा पेन्सिलभेनिया आयोगको अध्यक्ष पनि नियुक्त भएका थिए।
अहिले उनी आफै गभर्नरको उमेदवार भएका छन्। टमले गभर्नरको रुपमा दोस्रो कार्यकाल पुरा गर्दै छन्।
पेन्सिलभेनियामा हाल राज्यको प्रतिनिधि सभा र राज्य सिनेट दुबैमा रिपब्लिकनको बहुमत छ। तर, विगत २० वर्षमध्ये १६ वटा डेमोक्रेट गभर्नर बनेका छन् ।
शापिरो सन् २०२० मा अमेरिकी राष्ट्रपति निर्वाचनमा पेन्सिलभेनिया डेमोक्रेटिक पार्टी द्वारा जो बाइडेन र कमला ह्यारिसका लागि इलेक्टोरल कलेजमा मतदान गर्न को लागी चयन गरिएको २० निर्वाचकहरु मध्ये एक हुन्।
शापिरो प्रगतिशील डेमोक्र्याट हुन्। उनले मतदान र प्रजनन अधिकारको रक्षा गर्ने तथा न्यूनतम ज्याला प्रति घण्टा १५ डलर बनाउने पक्षमा रहदै आएका छन्। उनी यदि उनी निर्वाचित भएमा पेन्सिल्भेनियामा गर्भपतन पहुँचको रक्षा गर्ने जनाउदै आएका छन्।