जिपी कोईराला फाउन्डेशन अमेरिकाको अग्रसरतामा न्यूयोर्कमा शैक्षिक सामग्री वितरण
न्यूयोर्क, अमेरिका । काउन्सिलमेन शेखरको संयोजकत्वमा जिपी कोईराला फाउन्डेशन अमेरिका च्याप्टरको अग्रसरतामा फाउन्डेशन लगायत ५ संस्थाको सहयोगमा ज्याक्सन हाईटस् लगायत आसपासका विद्यार्थीलाई गरी झोला, स्टेसनरी सामाग्रीहरू, मास्क, सेनीटाईजर लगायत स्वास्थ्य सामाग्रीहरू वितरण गरिएको छ।
प्रत्यक्ष रूपमा करिब दुई सय ५० बालकालिकाहरु लाभान्वित भएको सो वितरण कार्यक्रमलाई आर्थिक एवं भौतीक रूपमा न्यूयोर्क सिटी डिस्ट्रिक्ट २५ का एसेम्व्लीमेन शेखर कृष्णनन र उनको कार्यालय, एम्बलम्व हेल्थ परिवार, क्विन्स सेन्टर र रेन्डर ग्रुप नामक संस्थाले सहयोग गरेका थिए।
नेपाली, वंगाली, भारतीय,पाकिस्तानी,भुटानी, वर्मेली,चाईनीज,स्पेनीस लगायतका आप्रवासीहरूको बाक्लो उपस्थिति रहेको सो क्षेत्रका बालबालिकाहरु र तिनका अभिभावकहरु शैक्षिक सामाग्री वितरण गरिएको थियो।
वितरण कार्यक्रमको शुभारम्भ गर्दै न्युयोर्क महानगर डिस्ट्रिक्ट २५ का काउन्सिलमेन शेखर कृष्णनले आफुले महानगर भित्र रहेका जुनसुकै समुदायमा रहेका जोसुकैलाई पनि यथासक्य सहयोग गर्ने बताए।
उनले आफुले जिपी कोईराला फाउन्डेशन अमेरिका लगायत संस्थाहरूसँग विगतमा पनि सहकार्य गर्दै आएको र भविष्यमा पनि सँगै अगाडि बढने प्रतिबद्धता व्यक्त गरे।
फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले आफुहरूले विगतमा झैं यसबर्ष पनि शैक्षिक सामाग्री वितरण गर्न पाउँदा गौरवान्वित भएको र समुदायमा समय अनुसारका माग र आवश्यकता परिपूर्ति गर्न फाउन्डेशन सधैं लागिपर्ने कुरामा जोड दिनुभयो।
कार्यक्रममा फाउन्डेसनका उपाध्यक्ष सूवर्ण लामा, महासचिव छिरिंगराप्के लामा, प्रवक्ता रामचन्द्र अधिकारी, समाजसेवीहरु विरेन्द्र मानन्धर, श्याम कार्की, छेमाङ लामा, क्विन्सटुगेदरका संस्थापक जोनाथन फरगास लगायत उपस्थित भै सहयोग र स्वयंसेवी भूमिका निर्वाह गरेका थिए।