पेन्सिलभेनियामा नेपाली समुदायको रक्तदान भब्य रुपमा सम्पन्न
पेन्सिलभेनिया,अमेरिका । ‘बी अ हिरो डोनेट बल्ड’ भन्ने नाराका साथ सेप्टेम्बर १० तारिक शनिवार पेन्सिलभेनियामा नेपाली समुदायमा रक्तदान भब्यरुपमा सम्पन्न भएको छ।
अमेरिकी रेडक्रसको सहकार्यमा पेन्सिलभेनियामा क्रियाशील नेपालीहरुका प्रमुख पाँच संस्थाको संयुक्त आयोजनामा रक्तदान भएको हो।
मोन्टगोमेरी काउन्टी नेपाली लायन्स क्लब, पेन्सिलभेनिया नेपाली गुठी, तामाङ सोसाइटी अफ पेन्सिलभेनिया, नेपाली जनसम्पर्क समिति पेन्सिलभेनिया च्याप्टर र गैरआवासीय नेपाली संघ पेन्सिलभेनिया च्याप्टर आयोजक रहेका थिए।
‘तपाईंको हृदयबाट सीधा उपहार’ स्लोगनका साथ मोन्टगोमेरी काउन्टीमा रहेको ब्यारेन हिल स्वयंसेवी फायर कम्पनीमा भएको कार्यक्रममा त्यसक्षेत्रमा रहेका नेपाली सहित ५० जनाले रक्तदान गरेका थिए।
मोन्टगोमेरी नेपाली लायन्स क्लबका अध्यक्ष तथा कार्यक्रमका संयोजक नविन लामाका अनुसार कार्यक्रम सफल पार्न समाजसेवी दाजुभाई विमल मोक्तान र विनोद मोक्तान परिवारले विषेश सहयोग गरेका थिए। यस्तै लायन्स क्लब तथा तामाङ सोसाइटीका उपाध्यक्ष जयन्द्र लामाले रक्तदाता व्यवस्थापनमा सहयोग गरेका थिए।
यस्तै नेपाली जनसम्पर्क समिति पेन्सिलभेनिया च्याप्टरका सभापति डाक्टर केशव भण्डारीले कार्यक्रमका लागि व्यानर प्रायोजन गरेका थिए। यस्तै तामाङ सोसाइटी अफ पेन्सिलभेनियाका अध्यक्ष कबिलाल घिसिङले कार्यक्रममा सहभागिका लागि चिया नास्ताका लागि प्रायोजन गरेका थिए।
यस्तै रक्तदान कार्यक्रममा सहभागि रेडक्रसका कर्मचारी, स्वयम सेवकका लागि ‘पर्जीयन ग्रिल’ ले प्रायोजन गरेको थियो।
रक्तदानकै कार्यक्रमका बीचमा मतदाता नामावली दर्ता सम्वन्धी सचेतना कार्यक्रम संचालन गरिएको थियो। अमेरिकामा आगामि नोभेम्बर ८ तारिकमा मध्यावधिक निर्वाचन हुँदै छ।
मतदाता नामावली सचेतना कार्यक्रममा पेन्सिल्भेनिया गभर्नरको कार्यालय अन्तर्गत एसिया प्रशान्त अमेरिकी मामिलाहरूमा गभर्नरको सल्लाहकार आयोगकी कार्यकारी निर्देशक स्टेफनी सनको समेत उपस्थिति रहेको थियो।