अमेरिकाको मेरिल्याण्ड स्थित सेसिल काउन्टीमा गोली चल्दा एकै घरमा पाँच जनाको निधन
मेरिल्याण्ड,अमेरिका । मेरिल्याण्ड राज्यको सेसिल काउन्टीमा शुक्रवार विहान एकै घरमा पाँच जना मृत फेला परेका छन्।
सेसिल काउन्टी शेरिफ स्कट ए एडम्सले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार तीन बालबालिका, एक पुरुष र एक महिला एल्क्स मिल्समा रहेको हेब्रोन कोर्टको एकाइ ब्लकमा बिहान सवा नौ बजे मृत फेला परेका थिए।
एडम्सका अनुसार कुनै व्यक्तिले ९११ मा फोन गरेर घटनाको बारेमा जानकारी दिएका थिए। त्यस पछि घटना स्थलमा पुगेका अधिकारीहरूले ग्यारेजमा अर्धस्वचालित ह्यान्डगनको साथ एक जनालाई मृत अवस्थामा फेला परेका थिए ।
अकिकारीका अनुसार अन्य चार जना घर भित्र फेला परेका थिए। एक जना पहिलो तल्लामा र तीनजना दोस्रो तलामा थिए।
पत्रकार सम्मेलनमा एडम्सले घटनालाई डरलाग्दो दिन भनेका छन्। उनले समुहदायका लागि दुखद दिन पनि भनेका छन्। मृतकको नाम परिवारको सूचना जारी नभएसम्म सार्वजनिक गरिएको छैन । एडम्सका अनुसार बच्चाहरू पाँचौं, छैठौं र सातौं कक्षामा अध्यनरत हुन। उनीहरुले घरमै पढेका थिए।
घटना भएको स्थान पेन्सिलभेनिया राज्य सिमाबाट केही माईल दक्षिणमा छ।