एनआरएनएलाई दोहोरो नागरिकता दिईनु पर्छ : सुनिल शाह,कोषाध्यक्ष
गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (आईसीसी)का कोषाध्यक्ष सुनिल साहले गैरआवासिय नेपालीहरुलाई दोहोरो नागरिकता दिईनु पर्नेमा जोड दिएका छन् ।
रिपोटर्स क्लब नेपाल अमेरिका शाखाद्धारा मंगलबार टेक्ससको युलेशमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै कोषाध्यक्ष साहले मातृभुमि नेपाल र गैर आवासिय नेपालीलाई एकताको सुत्रमा समेट्नका लागि दोहोरो नागरिकताको आवश्यकतामाथी जोड दिएका हुन् ।
नेपालको विकासका लागि गैरआवासिय नेपालीहरुलाई दोहोरो नागरिकताको अधिकार प्रदान गरिनुपर्नेतर्फ जोड दिएका शाहले मातृभुमिप्रतिको कर्तव्य निर्वाहका लागि हासिल ज्ञान, सिप र लगानीको वातावरण सृजना हुनुपर्ने तर्फ पनि ध्यानाकर्षण गराएका छन् ।
नेपालको सबिधानमा उल्लेखित व्यवस्था बमोजिम नागरिकता बिधेयकमा गैरआवासिय नेपालीहरुलाई राजनैतिक अधिकार वाहेक सबै अधिकार दिईनु स्वागत योग्य रहेको बताउँदै शाहले आवश्यकता अनुसार राजनैतिक अधिकारको सघर्ष पनि सफल हुने बिश्वास व्यक्त गरेका छन् ।
बिभिन्न कारणबाट गैर आवासिय बन्न पुगेपनि देशभक्ती सदा कायम रहने बताउँदै शाहले सक्षम नागरिकको लगानी देशले भित्राउनका लागि सरकारले स्पष्ट कानून निर्माण गर्नुपर्नेमा पनि जोड दिएका छन् ।
नेपालको जनकपुरमा जन्मिएका शाहले बिभिन्न कारणले नागरिकता प्राप्त गर्नबाट बन्चित मधेशी समुदायका नयाँ पुस्तालाई समेत बंशजको आधारमा नाता प्रमाणित गर्न चुनौती रहेको बताउँदै साहले मधेशमा नागरिकता समस्या सामाधान गर्न बिधेयकले सहयोग गर्ने विश्वास पनि व्यक्त गरेका छन् ।
रिपोटर्स क्लब नेपाल अमेरिका शाखाका अध्यक्ष किशन रेग्मीको अध्यक्षतामा सम्पन्न साक्षात्कार कार्यक्रम महासचिव ओम आचार्यले संचालन गरेका थिए । पत्रकार आचार्य साथै उपस्थित अन्य पत्रकार र सहभागीहरुले आईसीसी कोषाध्यक्ष शाहसंग नागरिकता विद्येयक फिर्ता सम्बन्धमा प्रतिनिधी प्रश्नहरु राखेका थिए ।