मोना जापानको साधारण सभा सम्पन्न

टोकियो – म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको वार्षिक साधारण सभा तथा क्षेत्रीय भेला शनिबार शिजुओकामा सम्पन्न भएको छ ।
साधारण सभामा मौजुदा कार्यसमितिका महासचिव गणेश श्रेष्ठले हालसम्मको कार्यप्रगति प्रतिबेदन पेश गरेका थिए भने कोषाध्यक्ष ज्ञानेन्द्र केसीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिबेदनलाई साधारण सभाले पारित गरेको थियो ।
अध्यक्ष सचिन श्रेष्ठको सभापतित्वमा भएको सो साधारण सभा एवं क्षेत्रीय भेलाको प्रमुख अतिथि मोना केन्द्रका वरिष्ठ उपाध्यक्ष, सभाध्यक्ष र बिशेष अतिथिहरुले रिबन काटेर उदघाटन गरेका थिए ।
मोना जापानको क्षेत्रीय समिति शिजुओकाका संयोजक तुल चोचाङ्गी पुनको स्वागत मन्तब्यबाट शुरु भएको साधारण सभामा शिजुओका क्षेत्रीय समितिबाट बिशाल पुन, नागोया क्षेत्रीय समितिबाट सागर थापा बगाले र फुकुओका क्षेत्रीय समितिबाट दिपक बिकले आ-आफ्नो क्षेत्रीय समितिको कार्यप्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए।
सो साधारण सभामा एनआरएन एशिया संयोजक पारसमणि पोखरेल, नेपाली ब्यवसायी संघका अध्यक्ष विजय थकाली, एनआरएन जापानका उपाध्यक्ष रामकृष्ण श्रेष्ठ, एनआरएन जापानका प्रबक्ता सुबास लामिछाने, बाणिज्यदूतावास फुकुओकाका सचिव दीपक देवकोटा, दोलखा समाजका अध्यक्ष महेश खड्का, गलकोट समाजका सल्लाहकार कृष्ण केसी लगायतले शुभकामना मन्तब्य दिएका थिए भने मोनासंग सम्बन्धित ब्यक्तित्वहरु मोना केन्द्रका कोषाध्यक्ष महेन्द्र खड्का, एशिया संयोजक दिपक कार्की, बिधान संयोजक तिलक मल्ल, संस्थापक तथा पूर्व सल्लाहकार गमप्रसाद जुग्जाली, सल्लाहकार राम खड्का, मोना जापानका क्षेत्रिय उपाध्यक्ष टिका छन्त्याल, फुकुओका संयोजक उज्वल बानियां लगायतले मोनाको भावी कार्ययोजना र भूमिकाका सम्बन्धमा आ-आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा कामना फगामी र ट्रष्मी गर्बुजाले नृत्य प्रस्तुत गरेका थिए भने मिना श्रीष मगर र ढकप्रसाद जुग्जालीको साँगीतिक प्रस्तुती रहेको थियो ।
साधारण सभा लगत्तै भएको अन्तरक्रियात्मक क्षेत्रीय भेलामा मोनाको भावी योजना बारेमा गहन छलफल भएको थियो । अन्तरक्रियामा मोनाले जापानभरिका म्याग्देलीहरुलाई समेट्नका लागि प्रभावकारी योजना ल्याउनुपर्ने, साधारण सदस्यता बितरण तथा ग्रहण कार्यक्रमलाई ठोस रुपमा अगाडि बढाईनुपर्ने, क्षेत्रीय समितिहरुलाई थप चलायमान र जिम्मेवार बनाउन केन्द्रको भूमिका थप सशक्त बनाईनुपर्ने, मोना आइसी, मोना क्षेत्रीय समितिहरुबीच समन्यकारी भूमिकालाई सबलीकरण गरिनुपर्ने लगायतका बिषयमा जोड दिइएको थियो ।