सभापति देउवा र नेता कोइरालाबीच बालुवाटारमा भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच आइतवार भेट भएको छ ।
देउवाको आमन्त्रण पछि कोइराला बालुवाटार पुगेको जनाइएको छ। भेटमा के के विषयमा कुराकानी भयो भन्ने खुलाईएको छैन्।
देउवा एकलौटी रुपमा अगाडि बढेको भन्दै कोइराला समुह छुट्टै बैठकमा रहेको बेला यो भेट भएको हो।
शेखर पक्षका दोस्रो तहका नेता तथा भ्रातृ संस्थाका पूर्व पदाधिकारीहरूको बैठक आइतबार बोलाइएको थियो ।
फाइल फोटो