हिमालयन तेक्वान्दो ह्यारिसबर्ग टिम च्याम्पियन
पेन्सिलभेनिया, अमेरिका। पहिलो हिमालयन अन्तर स्कूल तेक्वान्दो च्याम्पियनसिपमा आयोजक टिम च्याम्पियन बनेको छ।
ह्यारिसबर्षमा आइतवार सम्पन्न च्याम्पिनसिपमा आयोजक हिमालयन तेक्वान्दो ह्यारिसबर्गले सर्वाधिक ७२ स्वर्ण जित्यो।
यस्तै ५९ रजत र ३० कास्य पदक पनि हिमालयनले घरमा नै राख्न सफल भयो । ओहायोको सनसाइन तेक्वन्दो स्कूल च्याम्पियनसिपमा दोस्रो भयो । सनसाइनले १७ स्वर्ण, ११ रजत र १२ कास्य पदक जितेको थियो।
ह्यारिसबर्गकै ग्लोबल तेक्वान्दो १४ स्वर्ण सहित तेस्रो भयो । ग्लोबलले १९ रजत र ११ कास्य पनि जितेको थियो।
केन्टकीको हिमालयन तेक्वान्दो ११ स्वर्ण, ९ रजत र १२ कास्य सहित चौथो भयो।
चार स्कूल कुल १ सय ९५ खेलाडीले भाग लिएको च्याम्पिनसिमा आयोजक हिमालयन तेक्वान्दो ह्यारिसबर्गकी सुवर्ण शर्मा ग्राण्ड च्याम्पियन भइन। ब्याल्कवेल्ट च्याम्पियनबीचमा पुन प्रतिस्पर्धा गराई ग्राण्ड च्याम्पियन छनौट गरिएको थियो।
च्याम्पियनसिपमा अभिभावक बीचको प्रतिस्पर्धामा ह्यारिसबर्गका राम खरेल विजयी भए। उनले केन्टकीका यम बिष्टलाई हराएका थिए।
राम खरेलले पुम्सेमा पनि स्वर्ण जिते। पुम्मेमा यम बिष्टले रजत र सोनु सुवेदीले कास्य जितेका थिए।