अमेरिकामा नेपाली पत्रकारको संस्था : आम्दानी लुकाइयो, खर्चमा मनपरी
अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले ६ महिना पछि भर्जिनियामा सम्पन्न साधरण सभाको आम्दानी खर्च विवरण सदस्यहरुलाई पठाएको छ ।
गत जुलाईमा सम्पन्न साधरण सभा तथा अधिवेशनको आम्दानी खर्च जनवरीको पहिलो साता सार्वजनिक गर्दा नेजाले कतिपय कार्यक्रमको आम्दानी नै लुकाएको छ । यस्तै भएका खर्च पनि कुनै कार्यविधि विना मनपरी गरिएको रिपोर्टमा देखिन्छ ।
अमेरिकी कानुनमा दर्ता भएको संस्थामा ठूलो रकम नगदमा करोवार गरिएको छ । विना कुनै मापदण्ड व्यक्तिगत सम्वन्धको आधारमा भेन्डर छनौट गर्ने, काम लिने र भुक्तानी गर्ने गरिएको रिपोर्टमा देखिन्छ ।
कोषाध्यक्ष प्रभात भट्टराईद्वारा सार्वजनिक आम्दानी खर्च विवरणमा सारधण सभाका लागि कुल २४ हजार आठ सय अमेरिकी डलर आम्दानी भएको उल्लेख छ । कुल खर्च १६ हजार तीन सय ६१ डलर देखाइएको छ ।
आम्दानीको स्रोतमा प्रयास स्मारिका विज्ञापन,चन्दा,साधरण सभा सहभागिको रजिष्ट्रेशन र उमेदवारी दर्ता रहेका छन् । एक सय ४२ सदस्य रहेको नेजाको साधरण सभामा रजिष्ट्रेशनबाट ८ हजार ६ सय डलर संकलन भएको देखाइएको छ । प्रतिव्यक्ति एक सय डलर रजिष्ट्रेशन शुल्क तोकिएको थियो । उमेदवारी दर्तामा पाँच हजार तीन सय डलर आम्दानी भएको देखाइएको छ ।
नेजाको मुख पत्र ‘प्रयास’ पत्रिका प्रकासनका लागि टेक्सासमा दर्ता रहेको साइन एक्प्रेसकालाई २८ सय डलर तिरिएको छ । तत्कालिन कार्यवहाक र हालका अध्यक्ष बिकासराज न्यौपानेको नाममा बनाइएको र केरमेट गरिएको बिलको आधारमा पनि नेजाले नगद भुक्तानि दिएको छ । पत्रिका प्रकाशनका लागि सोही प्रेस नै किन छानियो र कुन विधिद्वारा छानिएको हो केही उल्लेख छैन ।
यसै गरि टेस्सटी स्पाइसी रेष्टुरेन्टमा डिनरका लागि भन्दै २५ सय डलर नगदमै भुक्तानि गरिएको छ । दुई दिने साधरण सभा तथा अधिवेशनमा दुई छाक डिनर र एक छाक लन्चको व्यवस्था नेजाले गरेको थियो ।
सार्वजनिक प्रतिवेदनमा लन्च र डिनर गरि तीन छाकका लागि चार जनाले प्रायोजन गरिएको भनिएको छ । जवकी सो मसयमा लाइनमा बसेका व्यक्तिले पनि खाना नपुगेको गुनासो गरेका थिए । केही व्यक्तिका लागि पछि पिज्जा अडर गरिएको थियो ।
नेजाले सबै भन्दा धेरै खर्च होटलमा गरेको छ । आठ हजार तीन ७९ डलर ७६ सेन्ट होटलमा तिरेको प्रतिवेदनमा देखिन्छ । नेजाका साधरण सदस्यलाई पठाइएको विवरणमा उल्लेख भए अनुसार नेजाले जुलाई २४ र २५ तारिक दुबै दिन ४७-४७ कोठा प्रयोग गरेको देखिन्छ । सचिवालय र प्रमुख अतिथिका लागि पाँच दिन अलग्गै कोठा प्रयोग गरिएको छ ।
करिव एक सय कोठा प्रयोग गरेको नेजाले साधुँरो हलका लागि ६ सय ७५ डलर तिरेको देखाएको छ । हलको क्षमता ८० जना भन्दा कम थियो । उद्धाटनमा शुभ कामना मन्तव्य दिन आएका अतिथि समेत हलको पछाडि तथा बाहिर लभिमा उभिनु परेको थियो ।
अमेरिकामा विभन्न संघ संस्थाले होटलमा कार्यक्रम गर्दा धेरै कोठा प्रयोग गरेको खण्डमा सानो हल नि शुल्क नै प्रयोग गर्ने गरेको अनुभविहरु बताउछन् । तर होटलमा अपार छुट दिइएको भन्दै जगननाथ शर्मालाई क्रेडिट दिइएको रिपोर्टमा अन्य कुन होटलको तुलनामा सो होटल सस्तो भएको हो भन्ने कुरा उल्लेख छैन ।
कार्यक्रममा प्रमुख अथितिका लागि हवाई टिकटमा पनि अस्वाभाविक शुल्क तिरिएको छ । अहिले निकै विवादमा आएका नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल नेजा साधरण सभाको प्रमुख अतिथि थिए । पोखरेलले पेश गरेको दुई लाख ८८ हजार रुपैयाँको बिल नेजाले बेहोरेको छ । काठमाडौं वासिन्टन डिसीको हवाई टिकट यो नियमित भन्दा महङ्गो भएको ट्राभल एजेन्सी क्षेत्रका अनुभवि बताउछन् ।
कोषाध्यक्ष भट्टराईले अघिल्लो कार्यसमितिले गरेको कामका बारेमा अहिले आफुले जवाफ दिन नसक्ने बताए । ‘म सँग आएको हिसाव साथिहरुलाई फरवार्ड गरेको हुँ त्यो बेला के के भयो म कार्यसमितिमा थिइन ।’ भट्टराईले भने ।
आम्दानी नै लुकाइयो
कोषाध्यक्ष भट्टराईले सार्वजनिक गरेको हिसावमा आम्दानी नै लुकाइएको फेला परेको छ । भर्जिनियामा सन् २०२१ को जुलाईमा भएको साधरण सभा त्यस अगाडि सन् २०२० को जुलाईमा न्यूयोर्कमा आयोजना गर्ने तय भएको थियो ।
सोही क्रममा नेजाले न्यूयोर्कमा समुदाय र पत्रकार बीचमा गरि छुट्टा छुट्टै दुई कार्यक्रम आयोजना गरेको थियो । दुई कार्यक्रम मध्ये एउटा कार्यक्रममा अस्वाभिक खर्च देखाइएको छ । तत्कालिन चौतारी रेष्टुरेन्टको बेसमेन्टमा तीस जना जति व्यक्तिको उपस्थितिमा भएको कार्यक्रममा १७ सय ९५ अमेरिकी डलर खर्च भएको देखाइएको छ । सो कार्यक्रममा सहभागिलाई सामान्य नास्ता मात्र गराइएको थियो ।
यस्तै अधिवेशन तयारीका लागि विभिन्न समिति गठन गर्न थकालि किचनको बेसमेन्टमा नेजा सदस्य मात्र सहभागि कार्यक्रममा आम्दानी नै लुकाइएको छ । नेजाका सदस्य पिपलमणी सिग्देल,ज्ञानप्रसाद बास्तोला लगायत अन्यले सो समय दिएको नगद सहयोग तत्कालिन कोषाध्यक्ष मच्छेदेवी गुरुङले आफ्नो प्रतिवेदनमा देखाएकी छैनन् ।
गुरुङले न्यूयोर्कमा भएको कार्यक्रमको आम्दानी हर हिसावमा समावेस गर्न छुटाएको स्वीकार गरिन । समाज टाइम्स सँगको कुराकानीमा उनले भनिन,’न्यूयोर्कमा त्यो कार्यक्रमको आम्दानी छुटेको हो, अन्यत्र ठिक छ ।’ अन्य स्थानमा भएका कार्यक्रमका विवरण किन पठाइएन भन्ने प्रश्नमा गुरुङले प्रतिवेदन पठाउने जिम्मा महासचिवको भएको भन्दै आफु पन्छिइन ।
एक सदस्यका अनुसार आइतवार साँझ बसेको नेजाको बैठकमा यस विषयले प्रवेस पाएको थियो । अहिले उपाध्यक्ष रहेकी तत्कालिन कोषाध्यक्ष मच्छेदेवीले खर्चमा देखाइएको एउटा कार्यक्रम जुइस हलमा भएको भनेर जवाफ दिएको ती सदस्यले बताए । थकाली किचनको कार्यक्रममा भएको आम्दानीका बिषयमा भने एकले अर्कोलाई पोलापोल गरेका थिए ।
स्मरण के छ भने जुइस हलमा नेजाको कार्यक्रम मार्च ५ २०१९ मा भएको हो । जुन समय सुदिप पन्त नेजाको अध्यक्ष थिए । त्यस पछि सन् २०१९ मा टेक्सासमा नेजाको साधरण सभा भएको थियो । सो साधरण सभा पछि सुदिप पन्तले पदबाट राजिनामा दिएका थिए ।
चौतारी रेष्टुरेन्टमा भएको कार्यक्रममा बिकासराज न्यौपाने कार्यवहाक अध्यक्षको हैसियतमा सहभागि थिए । न्यौपाने कार्यवहाक अध्यक्ष र मच्छे गुरुङ कोषाध्यक्ष हुदाँको कुनै पनि कार्यक्रमको आम्दानी खर्चको पूर्ण विवरण साधरण सदस्यलाई अहिले सम्म दिइएको छैन । साधरण सभामा मौखिक विवरण सुनाउने गरिदै आएको छ । नेजाको विधानले अधवेशन पछि सबै आम्दानी खर्चको पूर्ण विवरण वेव साइडमा राख्नु पर्ने भनेको छ ।
नियत खराव कि भूलवस
नेजा मात्र होइन । अमेरिकामा क्रियाशिल नेपाली संघ संस्थामा बाराम्वार उल्झने विवादको विषय सदस्यता र आर्थिक पाटो नै हो । यस्ता विवादका समाचारलाई सन्चारकर्मीहरुले पनि उल्लेख्य स्थान दिदै आएका छन् ।
पत्ररकारहरुले अरु संस्थाका बारेमा समाचार लेख्नु भन्दा पहिला आफ्नो संस्था राम्रो सँग चलाउनु पर्छ भनेर सन् २०१७ मा विधान संसोधन गर्दै सदस्य र आर्थिक विषयमा पारदर्शिताका लागि स्पष्ट नियमावली बनाएको थियो ।
आर्थिक पाटोमा हरेक महिना कोषाध्यक्षले नेजाको हरहिसाव हरेक सदस्यलाई पठाउने भनिएको थियो । पछि हिसाव विर्सने समस्या नहोस भन्नाका लागि त्यस्तो व्यवस्था गरिएको हो । जुन फेरि दोहोरियो । तत्कालिन कोषाध्यक्ष गुरुङले विधानले भनेको अनुसार तत्काल नै आर्थिक अनुदान दिने व्यक्तिको नाम रकम सहित उल्लेख गरिदिएको भए अहिले हिसाव छुट्यो भन्ने अवस्था नै आउने थिएन ।
आफै उपस्थित भएको कार्यक्रममा आम्दानी छुटाएर खर्च मात्र उल्लेख गर्ने कोषाध्यक्षको भूल हो या नियत ? अन्य कार्यक्रमा पनि आम्दानी लुकाइएको छैन भनेर कसरी विश्वास गर्ने ?
नेजाका अध्यक्ष बिकासराज न्यौपानेले प्रतिवेदनले आफै चकित परेको बताए । ‘म आफै सरपाइज छु, यथार्थ पत्ता लगाउन लगाएको छु ।’
न्यौपानेले आफुले इमान्दार सँग काम गरिरहेको दावी गरे ।’कि भगवानलाई थाहा छ कि साथीहरुलाई थाहा छ, कि मच्छेजीलाई थाहा छ । तपाईले विश्वास गर्ने नगर्ने तपाईको कुरा हो, के भएको हो अब हामी खोज्छौं ।’ तपाईका बाँकी कार्यक्रमका हरहिसाव पारदर्शी छन भनेर कसरी विश्वास गर्ने भन्ने प्रश्नमा न्यौपानेको जवाफ थियो ।
नैतिकताको कसीमा न्यौपाने
आफु सफल व्यापारी भएको, पैसाका लागि समस्या नभएको र समाजलाई केही दिउ भनेर नेजा नेतृत्वका लागि आफुले दावी गरेको न्यौपानेले बताउदै आएका हुन् । उनले आफुले संस्थाको एक पेनी पनि हिनामिना नगर्ने र त्यस्तो भएमा पद छोड्ने प्रतिवद्ता नै जाहेर गरेका थिए ।
तर विकासले जिम्मेवारी लिए पछि कुनै पनि कार्यक्रमको पूर्ण विवरण न त सदस्यलाई पठाएका छन त त नेजाको वेवसाइडमा नै राखेका छन् । नेजाको विधानले दुबै कुरा गर्न भनेको छ । यदी सबै कुरा पारदर्शि छ इमान्दारीता छ भने विधानले भने जस्तै हरेक साधरण सभाको आम्दानी खर्चको पूर्ण विवरण सार्वजनिक गर्न किन हिचकिचाहट गरे ?
न्यूयोर्कमा नेजाकै सदस्यहरु सहभागि र उनीहरुबाटै उठाइएको आम्दानी लुकाउने र अस्वाभाविक खर्च देखाइएको आर्थिक रिपोर्ट देखिन्छ भने अन्यत्र बदमासी छैन भनेर कसरी पत्याउने ? विकासको आफ्नै राज्यमा भएको कार्यक्रममा आम्दानीको स्रोत र खर्चको पूर्ण विवरण गोप्य राख्नु पर्ने कारण किन ? सुदिप पन्तले राजिनामा दिए पछि यताका हर हिसावको सबै बागडोर न्यौपाने र गुरुङले संहालेका छन् ।
न्यौपानेले भन्न सजिलो गर्न गाह्रो हुने जवाफ दिए । ‘संस्थालाई दुई पैसा कसरी जोगाउने भनेर हिडेको हुँ त्यसै अनुसार काम गरेको छु ।’ उनले आम्दानी नगदमा नै आएको र नगदमै बुझाएको जवाफ दिए ।
पत्रकारले पहिला आफ्नो संस्था विधान संवत पारदर्शि र इमान्दारी रुपमा चलाएमा मात्र अरुलाई औला उठाउने नैतिकता रहला नत्र म नेजाको एक पेनी पनि खान्न भनेर मुखले भन्ने व्यवहारमा हिसाव लुकाउने कहिले सम्म ? यो कस्तो नैतिकता ?
हिसाव गोलमाल गर्ने दुबै जना पदमा रहेर सत्यतथ्य बाहिर आउला ? कि व्यापारी मान्छेले संस्थाको पैसा हिनामिना गर्दैनन भनेर पत्याइदिनु पर्ने हो ?