नेपाली जनसम्पर्क समिति (विश्व सञ्जाल) अमेरिकाज क्षेत्रको अध्यक्षमा रुवाली
ल्यानक्यास्टर,पेन्सिलभेनिया। नेपाली जनसम्पर्क समिति अन्तर्राष्ट्रिय समन्वय समिति (विश्व सञ्जाल) ले क्षेत्रिय समिति गठन शुरु गरेको छ।
विश्वभर छरिएका नेपाली कांग्रेस समर्थितहरुलाई एकबद्द गर्ने उदेश्यले सन् चार वर्ष मा स्थापित विश्व सञ्जाल पछिल्लो समय निश्क्रिय थियो।
नेपाली कांग्रेसको विदेश स्थित संस्था नेपाली जनसम्पर्क समिति अहिले पनि अस्थित्वमा नै छ।
विश्व सञ्जालका महासचिव चिन्तामणि सापकोटाले आइतवारको मितिमा जारी विज्ञप्तिमा अमेरिकाको न्यूयोर्क निवासी टक बहादुर रुवालीलाई अमेरिकाज क्षेत्रको सभापतिमा मनोनयन गरेको बताएका छन्।
सञ्जालको अमेरिकाज क्षेत्र महासचिवमा क्रिस सुवेदी रहेका छन्।