२०२६ को फिफा विश्वकप तीन देशले संयुक्त आयोजना गर्ने, अमेरिकाका ११ शहरमा
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ को विश्वकप क्यानडा, अमेरिका र मेक्सिकोका १६ फरक सहरमा आयोजना हुने जनाएको छ ।
जुन ४८ टिमको सहभागिता हुने पहिलो विश्वकप हुनेछ र तीन आयोजक देश प्रतियोगिताको लागि स्वतः छनोट हुने अनुमान गरिएको छ ।
विश्वकपका खेलहरु अमेरिकाका एटलान्टा, बोस्टन, डल्लास, ह्युस्टन, कान्सास सिटी, लस एन्जलस, मियामी, न्यू योर्क, न्यू जर्सी, फिलाडेल्फिया, सान फ्रान्सिस्को र सियाटल गरी ११ सहरहरूमा हुनेछन् ।
मेक्सिकोका गुआडलाजारा, मोन्टेरेरी र मोक्सिको सिटी गरी तीन सहरहरुमा विश्वकपका खेल हुनेछन् । क्यानडाका टोरोन्टो र भान्कोभर गरी दुई सहरहरुमा विश्वकपका खेलहरु हुने फिफाले जनाएको छ ।