हामीले पदका लागि होइन एनआरएनएको बेथितिलाई व्यवस्थित गर्न सहमति गरेका हौं : कृष्ण लामिछाने

ल्यानक्यास्टर,पेन्सिलभेनिया। गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिकाको पछिल्लो विवाद समाधानका लागि आइतवार टेक्सासमा ६ बुँदे सम्झौता भएको छ।
एनआरएनए आइसीसीको महाधिवेशन अगाडिको एक निर्णयलाई आधार मान्दै क्षेत्रीय संयोजक प्रकास सापकोटाले कृष्ण लामिछानेको अध्यक्षतामा एनआरएनए अमेरिका तदर्थ समिति गठन गरेका थिए ।
प्रतिनिधि छनौट सम्वन्धि विवादका कारण एनआरएनए आइसीसीको चुनावी महाअधिवेशन ६ महिना सम्म धकेलिएको थियो। सोहि क्रममा केही एनसीसीहरुले प्रतिनिधि विवाद समाधान नहुदा सम्म आइसीसीलाई तिर्नु पर्ने शुल्क नतिर्ने अडान लिदै आएका थिए।
अर्को तर्फ आइसीसीका तत्कालिन अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको ८२ औं बोर्ड बैठकले सदस्य शुल्क नतिर्ने एनसीसीको आवद्ता खारेज गर्ने अल्टिमेटम दिएको थियो। तर पछि काठमाडौमा यस अगाडिका निर्वाचन सम्वन्धि सबै प्रकृयालाई स्थगित गर्दै मनोनयनका आधारमा आइसीसीको कार्यसिमिति घोषणा गरिएको थियो।
महाधिवेशन पछि अमेरिकाज क्षेत्रीय संयोजक प्रकास सापकोटाले पुरानौ निर्णयलाई आधार मानेर कृष्ण लामिछानेलाई अध्यक्ष बनाएका थिए । त्यस पछि जुलाई ३ र ४ तारिक दुई फरक ठाँउमा दुबै पक्षले साधरणसभाको तयारी गरेका थिए। संस्थापन पक्षले नर्थक्यारोलिना र कृष्ण लामिछाने पक्षले टेक्सासमा साधरण सभा गर्ने भनेका थिए।
यसै बीचमा आइतवार दुई पक्ष बीचमा ६ बुँदे सहमति भयो । सहमतिमा दुबै पक्ष नर्थक्यारोलिनाको साधरण सभामा सहभागि हुने भनिएको छ। तर सो सहमतिलाई कृष्ण लामिछाने समितिका बरिष्ठ उपाध्यक्ष सिपि पौडेलले अप्रत्यासित भन्दै आश्चर्य व्यक्त गरेका छन्। पौडेलले आफ्नो समुहका अध्यक्ष लामिछानेले कार्यसिमितिको म्याण्डेट भन्दा बाहिर गएको दाबी गरेका छन्।
पौडैलको यही दाबीलाई हामीले कृष्ण लामिछानेलाई सोधेका थियौ।
आइतवार बिहान बसेको कार्यसमिति बैठकमा जुन रुपमा छलफल भएको हो त्यो अनुसार भएन। उधारो सहमतिमा हस्ताक्षर गर्दिन भन्नु भएको थियो हामीलाई तर आश्चर्यजन रुपमा सहमतिमा हस्ताक्षर भयो भनेर कार्यसमितिका पदाधिकारीले आलोचना गरेका छन नी खास के हो कुरा ?

सहमति गर्दिन भनेको होइन। दुई वटा लेवलको सहमति छ, एउटा एनसीसीको भयो अर्को आइसीसीको लेवलको सहमति हुने कुरा थियो । साथिहरुले दुबै एकै पटक गर्ने भन्नु भएको थियो। मैले पनि हुन्छ भनेको हो तर बीचमा आइसीसीका सभापति तीनै जनाले उहाँहरुले जे बोल्नु भएको थियो त्यो पुरा गर्छौ भन्नु भयो त्यस पछि हामीले सहमति गरेको हो।
दोस्रो चै हामीले पदका लागि गरेको होइन यहाँको एनआरएनएको बेथितिलाई व्यवस्थित गर्नका लागि सहमति गर्ने हो ।
हामीले जे एजेण्डा बोकेका थियौ त्यसमा उहाँहरु रेडी भए पछि सहमत नगर्नु पर्ने कारण छैन ।
हामीले खोजेको भनेको सदस्यताको वितरण र निर्वाचन प्रक्रिया हो । अमेरिकाको अहिले सम्मको स्थिति भनेको । त्यसमा सुधार गर्न मान्नु भए पछि सहमति गरेको हो।
अब साथिहरुलाई कसरी कन्भिन्स गराउनु हुन्छ ?
म गर्छु साथिहरु कन्भिन्स हुन्छन्। साथिहरु पनि आखिर कहाँ जाने संस्थाको माया भएको साथी त संस्थामा नै बस्नु पर्यो । आइसीसीले सम्वन्ध नदिएको संस्था एनआरएनए त हुन सक्दैन त्यो कुरा साथिहरुले बुझ्नु पर्यो ।
हाम्रो लडाइ म अध्यक्ष हुन वा अर्कोलाई उपाध्यक्ष बनाउनका लागि होइन नी संस्थाको बेथितिलाई हामी सुधार्छौ भन्ने हो ।
एमआइएसमा जान्छु, आइसीसीको निर्णय मान्छु, आइसीसीकै अनुसार एनसीसी अमेरिकाको विधान संसोधन गर्छु भनेर बाचा गरे पछि त हामीले मान्नु पर्यो नी ।
हामीले झगडा गरेर बस्नका लागि खोलेको होइन । हामीले खोलेको पनि होइन आरसीले बनाएको कमिटीलाई आइसीसीले मान्यता नदिए पछि कसरी समितिमा हुन्छौ ? आइसीसीले मान्यता त दिनु पर्यो नी ।
आइसीसीले मान्यता नदिने नै भन्ने थियो ?
दिएन नि त अहिले सम्म दियो त ? आरसीले लेखेको चिठ्ठिलाई लिखित रुपमा दियो त ? मौखिक रुपमा मात्र “त” हो भनेर हुन्छ र ?
तर आरसीको निर्णय रिकनाइज गर्छौ, तपाईहरुलाई अभिलेखमा राख्छौ भनेर उहाँहरुले भन्नु भएको छ भने त हामीले नो भन्नु पर्ने कारण छैन । हामीले संस्थाको हितका लागि गर्ने हो।