कृष्ण लामिछानेबाट भएको हस्ताक्षर अप्रत्यासित हो म आफै आश्चर्यमा छु : सिपि पौडेल
ल्यानक्यास्टर । गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिकाको पछिल्लो विवाद समाधानका लागि आइतवार टेक्सासमा भएको ६ बुँदे सहमतिलाई सिपि पौडेलले अप्रत्यासित भन्दै आश्चर्य व्यक्त गरेका छन्।
सिपि पौडेल कृण्ण लामिछाने समुहका बरिष्ठ उपाध्यक्ष हुन् ।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को एउटा पुरानो निर्णयलाई टेक्दै क्षेत्रीय संयोजक प्रकास सापकोटाले कृष्ण लामिछानेको अध्यक्षमा एनसीसी अमेरिका गठन गरे पछि एनआरएनए अमेरिकामा नयाँ विवाद शुरु भएको थियो।
अघिल्लो वर्षको नियमित अधिवेशनबाट अध्यक्षमा बुद्दि सुवेदी निर्वाचित भएका थिए। बुद्दिले कृष्ण लामिछानेलाई हराएका थिए।
दुई कमिटी गठन पछि दुबै समुह एकै मितिमा छुट्टा छुट्टै साधरण सभाको तयारीमा जुटेका थिए । बुद्दि सुवेदी समुहले नर्थ क्यारोलोनामा साधरण सभा तोकेको थियो भने सोही समयमा कृष्ण लामिछाने समुहले टेक्सासमा साधरण सभाको तयारी गरेका थिए।
पौडेलले अध्यक्षले सहमति गरे पनि आफुहरुको अभियान निरन्तर रहने बताएका छन् । समाज टाइम्स सँगको कुराकानीमा पौडेलले कार्यसमितिको बैठक बसेर थप निर्णय गर्ने जनाएका छन् ।
पौडेल सँगको पुरा कुराकानी
एनआरएनए अमेरिका विवादमा ६ बुँदे सहमति, दुबै पक्षको साधरणसभा एकै ठाँउमा