रोहित इन्डोनेसियाको पर्सिक कडिरीमा अनुबन्ध
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका सदस्य रोहित चन्द इन्डोनेसियन क्लब पर्सिक कडिरीमा अनुबन्ध भएका छन् ।
आइतबार लिगा वानको क्लब पर्सिकले रोतिहलाई अनुबन्धन गरेको जनाएको हो । उसले लेखेको छ, ‘स्वागत छ हिमालय ह्वाइट टाइकर ।’
यस अघि शनिबार पूर्व क्लब पर्सिजा जाकर्ताले रोहितले क्लब छोड्ने पुष्टि गर्दै बिदाइ भिडियो सार्वजनिक गरेको थियो ।
सन् २०१७ मा दोस्रो पटक जाकार्तासँग जोडिएका रोहितले ११९ खेल खेल्दा १० गोल र आठ अशिष्ट गरेका छन् ।
यस अवधिमा रोहितले जाकार्ताबाट एक घरेलु लिगसहित तीन उपाधि जिते । सन् २०१८ मा उनी लिगको उत्कृष्ट खेलाडी घोषित भएका थिए ।
रोहितले सन् २०१३ देखि २०१५ सम्म पहिलो पटक जाकार्ताबाट खेलेका थिए । इन्डोनेसियामा रोहितले खेलेको यो तेस्रो क्लब हो । सुरुमा उनले पीएसपीएस पेकेनबारुबाट खेलेका थिए ।
स्रोतका अनुसार ३० वर्षे रोहितले तीन वर्षको सम्झौता गरेका छन् ।
हाल भने रोहित नेपालमै रहेका छन् । पछिल्लो समय प्रशिक्षक खेलाडी विवादका कारण रोहित टिम बाहिर छन् ।
रोहितले छाडे पर्सिजा जाकार्ता, भन्छन्- असल मान्छे बनायो
रोहितले इन्डोनेसियाको शीर्ष डिभिजन क्लब पर्सिजा छोडेका छन् । पर्सिजाले एक भिडियो सन्देश सार्वजनिक गर्दै बिदाई गरेको जनाएको छ । उसले रोहितलाई हिमालय टाइगरको संज्ञा दिएको छ ।
रोहितले इन्डोनेसियाको यात्रा निकै उत्कृष्ट रहेको बताएका छन् ।
‘युवा अवस्थामै जकार्तासँग जोडिँदा क्लबले मलाई राम्रो खेलाडीमात्र नभई एक असल मानिस पनि बनायो । मेरो करियरका सफलता र असफलता दुवै क्षणमा क्लबले ममाथि पूर्ण विश्वास र साथ दियो । जाकर्ताबाट खेल्नु मेरो लागि निकै सम्मानको कुरा हो र क्लबको उपाधि यात्रामा सहयोग पुर्याउन पाउनु असाधारण अनुभव थियो,’ रोहितले भनेका छन् ।
सन् २०१७ मा दोस्रो पटक जाकर्तासँग जोडिएका रोहितले १९ खेल खेल्दा १० गोल र आठ असिस्ट गरेका छन् । यस अवधिमा रोहितले जाकार्ताबाट एक घरेलु लिगसहित तीन उपाधि जिते । र, सन् २०१८ मा उनी लिगको उत्कृष्ट खेलाडी घोषित भएका थिए ।
रोहितले सन् २०१३ देखि २०१५ सम्म पहिलो पटक जाकार्ताबाट खेलेका थिए । रोहितले जाकfर्ता बसाईमा सन् २०१८ निकै सफल रहेको र उपाधिसमेत हात पारेको बताए ।
‘सन् २०१८ म सधैँ कृतज्ञ रहने वर्षको रुपमा रह्यो । जब हामीले लिग उपाधि जितेका थियौं र म लिगको उत्कृष्ट खेलाडी चुनिएको थिए । यो हामी सबैको संयुक्त प्रयासको नजिता थियो र विशेष गरी जाकमानिया (समर्थक) हरूको, जो विश्वकै उत्कृष्ट समर्थक हुन् ।’
‘व्यवस्थापक, क्लब, प्रशिक्षक, टिमका सहकर्मी, खेल अफिसियलहरु र समर्थकबाट पाएको साथ सधैँ मेरो ह्रदयमा रहिरहनेछ । भारी ह्रदयसाथ, मलाई लाग्छ अब क्लबलाई ‘गूडबाई’ भन्ने समय आएको छ । पर्सिजामा मेरो सम्पूर्ण अवधिमा, मैले गर्व र सम्मानसाथ क्लबको प्रतिष्ठालाई बोकेको छु । पर्सिजाको लागि खेल्नु मेरो लागि सम्मानको कुरा थियो र आशा छ हामी कुनै दिन फेरी सँगै यात्रा गर्नेछौं,’ हाल राष्ट्रिय टोली बाहिर रहेका रोहितले भनेका छन् ।