अमेरिकी संसदको उच्चस्तरीय टोलीद्वारा प्रधानमन्त्री देउवा सँग शिष्टाचार भेटवार्ता

Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेपाल भ्रमणमा रहेको अमेरिकी संसदको एक उच्चस्तरीय टोलीले शनिवार प्रधानमन्त्री शेर बहादुर देउवा सँग शिष्टाचार भेटवार्ता गरेको छ।
नेपाल-अमेरिका सम्बन्धका ७५ वर्षको पुरा गरेको अवसरमा अमेरिकी संसदको उच्च टोली नेपाल भ्रमणमा छ ।
“अमेरिकी सिनेटर किर्स्टन जिल्लिब्रान्डको नेतृत्वमा रहेको अमेरिकी संसदको एक उच्चस्तरीय टोलीले आफ्नो नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेको छ।” काठमाडौं स्थित अमेरिकी दुतावासले विज्ञप्तिमा जनाएको छ।
भेटमा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी सँगै सिनेटरहरू शेल्डन व्हाइटहाउस, कोरी बुकर, तथा प्रतिनिधि सभा सदस्य मोन्डेयर जोन्स पनि उपस्थित भएको दुतावासले जनाइको छ।

“भेटमा नेपाल-अमेरिका सम्बन्धका ७५ वर्षको दौरानमा यसअघि हासिल उपलब्धी र अझै प्रगाढ सम्बन्ध विकसित गर्ने विविध पक्षहरूको बारेमा चर्चा हुनुका साथै जलवायु परिवर्तनको सामना गर्ने उपाय र लोकतन्त्र सुदृढिकरण लगायतमा कुराकानी भएको थियो।” विज्ञप्तिमा भनिएको छ।
फोटो : काठमाडौ स्थित अमेरिकी दुतावास