नेपाल भ्रमणमा रहेको अमेरिकी संसदको उच्चस्तरीय टोलीको हाइकिङ (फोटो फिचर)
काठमाडौं । नेपाल भ्रमणमा रहेको अमेरिकी संसदको उच्चस्तरीय टोलीले शनिवार इसिमोडमा हाइकिङ गरेको छ।
हाइकिङमा सहभागी हुदाँ नेपालमा जलवायु परिवर्तनका प्रभाव र त्यसलाई कम गर्नको लागि भएका प्रयासहरू बारे बुझ्ने काम भएको टोलीको भ्रमण पछि काठमाडौं स्थित अमेरिकी दुतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
“जलवायु परिवर्तनका असरहरू र पर्यावरणमा त्यसले पार्ने प्रभाव बारे बुझ्नु र ती विषयहरूको संवोधन र समाधानका लागि हुने प्रयासहरूको नेतृत्व गर्नु अमेरिकी सरकारको मुख्य प्राथमिकतामध्ये एक रहँदै आएको छ।” अमेरिकी संसदको उच्चस्तरीय टोलीको हाइकिङबारेमा काठमाडौं स्थित दुतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
अमेरिकी उच्चस्तरीय टोलीले इसिमोडको एक टोलीसँगै काठमाडौं उपत्यकाको इसिमोडको नलेज पार्कमा हिमाली क्षेत्रका समुदायहरूको पर्यावरणीय तथा आर्थिक विकासका लागि विकसित गरिएका दीर्घकालीन प्रविधीहरूको अवलोकन समेत गरेको थियो।
नेपाल-अमेरिका सम्बन्धका ७५ वर्ष पुगेको अवसरमा अमेरिकी सिनेटर किर्स्टन जिल्लिब्रान्डको नेतृत्वमा अमेरिकी संसदको एक उच्चस्तरीय टोलीले नेपाल भ्रमणमा छ। टोलिले शनिवार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेको छ।