होलिको उपलक्ष्यमा टेक्सासमा आयोजित भलिवलको उपाधि कैलास टिमलाई
अमेरिका । फागु पूर्णिमा अर्थात होलिको उपलक्ष्यमा अमेरिकाको टेक्सासमा सम्पन्न एनएसटी-नेपस्टार होली मैत्रिपूर्ण भलिवलको उपाधि कैलास टिमले जितेको छ ।
नेपाली समाज टेक्सास (एनएसटी) र नेपस्टार क्लबद्वारा संयुक्त रुपमा आयोजित प्रतियोगितामा ६ टिमले भाग लिएका थिए । राउन रोविन्ड लिगको आधारमा भएको प्रतियोगितामा उपाधि सँगै कैलास भट्ट टिमले एक हजार अमेरिकी डलर पुरस्कार पनि पायो ।
युलेस पार्कमा भएको प्रतियोगितामा दोस्रो भएको खेम शाही टिमले पाँच सय डलर पायो । प्रतियोगितामा इन्द्र शाहीको टिम तेस्रो भयो । खेलमा बेस्ट स्पाइकर खेम शाही,बेस्ट लिफ्टर जिबा बुढा,बेस्ट डिफेण्डर पुस्कर खत्रि,मस्ट भ्यालुएवल खेलाडी कैलाश भट्टले पाए ।
प्रतियोगिताको उद्धाटन एनएसटीका अध्यक्ष राजेन्द्र वाग्ले, पूर्व अध्यक्ष सुमन थापा, युलेस काउन्सिल म्यान टिका पौडेल, र युलेस सिटिको काउन्सिल म्यानका उमेरद्वार मोहन ज्ञवालिले सयुक्त रुपमा गरेका थिए ।
प्रतियोगिताका विजेता तथा उपविजेता टिमलाई एनएसटीका अध्यक्ष राजेन्द्र वाग्ले र पूर्व अध्यक्ष भुवन आचार्यले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।
छोटो समयमा तयारीका भए पनि मैत्रिपूर्ण र मर्यादित रुपमा सम्पन्न भएको भन्दै एनएसटी खेलकुद विभाग प्रमुख विजय भुसालले हर्ष व्यक्त गरेका छन् ।
यस्तै एनएसटीका युवा तथा विद्यार्थी विभाग प्रमुख जेनिन पुरीले पहिलो प्रयास हो सफल भएको र अब यस पटकका कमिकमजोरीलाई सुधार गरेर अर्को पटक एनएसटी कप भब्यरुपमा आयोजना गर्ने बताए ।
यो पनि हेर्नुहोस