एनआरएनए निर्वाचन : संस्थापन इतर पक्षको महाधिवेशन तयारी अन्तिम चरणमा
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) संस्थापन इतर पक्षको ८ चैतदेखि ११ चैतसम्म ( मार्च २२ देखि २५ सम्म ) काठमाडौँमा हुन लागेको दशौँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।
महाधिवेशन आयोजक समितिका संयोजक एवं एनआरएनएका उपाध्यक्ष सोनाम लामाले महाधिवेशनका लागि विभिन्न देशबाट प्रतिनिधि काठमाडौं आउने क्रम जारी रहेको बताए ।
महाधिवेशनले संस्थालाई विधि र विधान अनुसार अघि बढ्न प्रेरित गर्ने उनले बताए । ‘संस्था भयो भने हामी सबै हुने हो । हामी संस्था फुटाउने पक्षमा होइन, जोड्ने पक्षमा छौं,’ उनले भने
गत अक्टोबर २०२१ मै हुनुपर्ने महाधिवेशन प्रतिनिधि सम्बन्धी विवाद भएकाले पटक-पटक सरेको थियो ।
संस्थापन पक्ष पनि छुट्टै निर्वाचनको तयारीमा छ । विवादका कारण एनआरएनएमा दुई पक्ष आ आफै भिन्ना भिन्नै निर्वाचनको तयारीमा छन् ।
प्रतिनिधिहरुको दर्ता सुरु
काठमाण्डौको होटल याक एण्ड यती दरवारमार्गमा मार्च २२ देखि २५ सम्म हुने महाधिवेशनमा भाग लिने प्रतिनिधिहरुको दर्ता सुरु भएको छ। महाधिवेशन प्रतिनिधिहरुले https://nrnaagm.com/मा गएर दर्ता गर्नु पर्ने छ । दर्ता गर्नको लागि आफ्नो देशको राष्ट्रिय समन्वय परिषदको सदस्यता नम्बर, इमेल र फोन (आफ्नो देशको र भएमा नेपालको) आवश्यक पर्ने जनाइएको छ ।