एनआरएनए विवाद : अर्को निर्णय नभए सम्म निर्वाचन रोक्न उच्च अदालत पाटनको आदेश (पत्र सहित)
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन अर्को आदेश नभए सम्मका लागि रोक्न उच्च अदालत पाटनले भनेको छ । साथै अदालतले बुधवार दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।
एनआरएनए संस्थापन पक्षले गर्न लागेको निर्वाचन रोकिपाँउ भन्ने निवेदनमा प्रारम्भिक सुनुवाई गर्दै उच्च अदालत पाटनले सोमवार यस्तो आदेश दिएको हो । त्यस अगाडि निर्वाचनको सम्पूर्ण प्रक्रिया रोक्न अन्तरिम अल्पकालीन आदेश दिएको हो।
माननीय न्यायाधीश दुर्गा बहादुर विश्वकर्माको एकल इजलासले मुद्दाका बारेमा थप छलफलका लागि चैत नौ गते (बुधबार) बोलाएको छ ।
उच्च अदालत पाटनमा परराष्ट्र मन्त्रालय बिरुद्द एनआरएनए संस्थापन पक्षले दायर गरेको मुद्दा अझै विचराधिन छ । अर्को तर्फ एनआरएनएका प्रमुख संरक्षक शेष घले पक्षले पनि निर्वाचन प्रक्रिया शुरु गरेको छ ।
दुबै पक्ष आ आफ्नो दावी सहित निर्वाचनमा होमिएको बेला कुमार पन्तले नेतृत्वको संस्थापन पक्षले गर्न लागेको निर्वाचन रोकि पाँउ भन्दै एनआरएनए सदस्यहरु चिन्तामणि सापकोटा र उमेश कुमार पुडासैनीले रिट दायर गरेका थिए ।
संस्थापन पक्ष (कुमार पन्त) समुहले मार्च २४ र २५ का लागि निर्वाचनको मिति तोकेका छन् । संस्थापन इतर पक्ष (शेष घले) समुहले मार्च २३ देखि २५ सम्म निर्वानको तयारी गरेका छन् ।
अदालतको अन्तरिम आदेश पत्र