रुसी आक्रमणबाट ४० भन्दा बढी युक्रेन सैनिकको निधन
अमेरिका । रुसी आक्रमणबाट युक्रेनका केही सहरहरू क्षतिग्रस्त भएका छन् । युक्रेनी अधिकारीहरूले ४० भन्दा बढी सैनिक मारिएको बताएका छन् । मृत्यु हुनेको संख्या अझै बढ्न सक्छ । किनकी त्यहाँ कयौ घाइते छन् ।
युक्रेनको आन्तरिक मन्त्रालयले जमिन, समुद्री र हवाई मार्गबाट युक्रेनमा रुसी सेनाहरू अघि बढ्दै गर्दा बिहीबार बिहानको लडाइमा ४० भन्दा बढी युक्रेनी सैनिकहरू मारिएको बताएको छ ।
रुसी सेनाले युक्रेनको उत्तरी भाग बेलारुस क्षेत्रमा हमला गरेको छ ।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ट्विटरमा रुसी सेनाले इतिहासकै सबैभन्दा नराम्रो आणविक दुर्घटना भएको स्थान चेर्नोबिललाई कब्जा गर्न खोजेको बताएका छन् । उनले “यो सम्पूर्ण युरोप विरुद्धको युद्धको घोषणा हो, भनेका छन् ।
रुसले गत राति देखि युक्रेनमा आक्रमण शुरु गरेको हो । शहरको आपतकालीन सेवा एजेन्सीका अनुसार आगो निभाउन र वरपरका मानिसहरूलाई उद्धार गर्न अग्निनियन्त्रकहरू खटिदै छन् ।
युक्रेनी सेनाले प्रमुख सहरहरूमा आफ्नो नियन्त्रण कायम राख्नको लागि रूसी लडाकु विमान र एक हेलिकप्टरलाई खसालेको बताएको छ । युक्रेनी सेनाले दुई ठूला सहरहरूमा पनि रुसको सेनालाई भगाएको दावी गरेको छ ।
युक्रेनका रक्षा मन्त्री ओलेक्सी रेज्निकोभको सक्षम नागरिकलाई तुरुन्तै देशको क्षेत्रीय रक्षा इकाईहरूमा भर्ना हुन आग्रह गरेका छन् ।