युक्रेनमा रुसको आक्रमणको प्रभाव : सेयरको मूल्य घट्दो, तेलको मूल्य बढ्दो
अमेरिका । रुसले युक्रेन माथि आक्रमण शुरु गरे पछि विश्वव्यापी रुपमा नै सेयरको मूल्य घटने र तेलको मुल्य बढ्ने भएको छ ।
बजार विश्लेषकहरुले तेलको मूल्य अझ बढ्ने र भविष्यमा ऊर्जा आपूर्तिको बारेमा चिन्ता ब्यक्त गरेका छन् । युक्रेनमा आक्रमण सुरु भए पछि विश्व बजार उथलपुथल भएको छ ।
तेलको मूल्य प्रति ब्यारेल एक सय पाँच डलर बढेको न्यूयोर्क टाइम्सले आफ्नो समाचारमा लेखेको छ ।
रुसले युरोपेली युनियनको एक तिहाइभन्दा बढी ग्यास उपलब्ध गराउँछ, जसमध्ये केही युक्रेनमा पाइपलाइनहरूबाट चल्छ। एक वर्षअघि यो ग्यास प्रति मेगावाट १५ युरोमा बिक्री हुने गरेको थियो ।
युक्रेनमा तनाव बढ्दै गएपछि विश्वव्यापी बजारमा तेल, प्राकृतिक ग्याँस, गहुँ र धातुहरू लगायतका वस्तुहरूमा व्यापक प्रभाव पार्न सक्ने जनाइएको छ । युरोप ऊर्जाको लागि रूसमा धेरै निर्भर छ । मध्य पूर्व र अफ्रिकाका भागहरूले आफ्नो अधिकांश गहुँ रूस र युक्रेनबाट प्राप्त गर्छन् ।
अमेरिकामा पनि रूसबाट केही सामान आउछन् ।